Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

पहिरोले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो

खबरडबली संवाददाता

वालिङ । पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।

गत असार २२ गते अविरल वर्षासँगै आएको पहिराले ठूला ढुङ्गा ल्याइ नहर पुरिएको थियो । अहिले पनि नहरबाट पहिरो हटाउन नसकिएकाले पानी सञ्चालन गर्न नसकिएको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।

“गत असार २२ गते विभिन्न ठाउँमा नहरको माथिल्लो भागबाट ठूला ढुङ्गासहितको पहिरा आएर पुरिएको छ”, उनले भने, “ससाना पहिराहरु त हटायौँ तर ठूला ढुङ्गासहितको पहिरा हटाउन पटकपटक प्रयास गरिएता पनि सकिएको छैन ।”

नहरको छ किमी तीन सय मिटरको दूरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दूरीमा रहेको डाङ्ग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको उनले बताए । “स्थानीय खोला खोल्साको पानीले करिब पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ”, उनले भने, “बाँकी रहेको पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ गर्नका लागि नहर चल्नैपर्छ, वर्षा नभएमा र नहर नचलेमा अहिले रोपिएको धान खेतमा धाँजा फाट्छन् ।”

पहिराले नहरमा ठूला ढुङ्गा ल्याउँदा त्यसलाई हटाउन समस्या भएको नगर प्रमुख देवबहादुर खाँणले बताउनुभयो । “पहाडको भिरालो भागमा नहरभन्दा माथिबाट ठूला ढुङ्गा आएर अड्किएको छ” उनले भने, “मान्छे लगाएर, फोडेर हटाउन सकिने अवस्था छैन, त्यहाँ डोजरलगायतका साधनहरु जाने ठाउँ पनि छैन ।”

नगरपालिकाको पहलमा ढुङ्गा हटाउनका लागि नगरस्तरीय विपद समिति, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति, गण्डकी प्रदेशका मुख्यमन्त्री, सिँचाइ, ऊर्जालगायतका मन्त्रालय र केन्द्रमा गृह, उर्जा, रक्षा मन्त्रालयहरुमा पटक–पटक जानकारी र छलफल जारी रहेको उनले बताए ।

“स्थानीय स्रोत र साधनको प्रयोग गरी ढुङ्गा हटाउन सकिने स्थिति देखिएन”, उनले भने, “ठूला ढुङ्गा हटाउने एकमात्रै विकल्प भनेको विष्फोटक पदार्थको प्रयोग गरी ढुङ्गा फुटाल्नु हो, त्यसका लागि नेपाली सेनासित निरन्तर छलफल जारी रहेको छ ।” नेपाली सेनाले सम्बन्धित ठाउँको वस्तुस्थिति अध्ययन गरिसकेकाले अब छिट्टै ढुङ्गा हटाएर नहर सञ्चालन गर्न सकिन्छ । पहिराले नहर पुरिएको स्थानमा ढुङ्गा फुटाल्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थसमेत हेलिकप्टरको प्रयोग गरी लैजानुपर्ने स्थिति रहेको उनले बताए ।

“साउनको दोस्रो साता भइ सक्दा धान रोप्न ढिलाइ नहोस् भनेर भुङ्दी खोलाको पानीले रोप्न सुरु गर्न भनेका छौँ”, उनले भने, “अब केही दिनमा नहर सञ्चालनका लागि हामी निरन्तर लागि रहेका छौँ ।” विष्फोटक पदार्थ नेपाली सेनाबाहेक अरुले प्रयोग गर्न नपाउने र प्रक्रिया झण्झटिलो र लामो हुने भएकाले नहर सञ्चालनमा ढिलाइ भएको गण्डकी प्रदेशका पूर्वसांसद भागवतप्रकाश मल्लले बताए । विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएकाले त्यसको लागत स्टिमेट नेपाली सेनाले उपलब्ध गराउने र स्रोतको सुनिश्चितता गरी काम अगाडि बढाइने उनले बताए ।

“नहर सञ्चालन गर्न चापाकोट नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य सरोकारवालाका तर्फबाट निरन्तर पहल भइरहेको छ”, उनले भने, “विष्फोटक पदार्थको प्रयोग गरी ढुङ्गा हटाउनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै नहर सञ्चालन भई रोपाइँ गर्न सकिन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending