गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन्तरतग भाखर्क खण्डमा भएको ग्राभेलिङ्गको काममा इन्जिनियरलाई कमिसन नदिदा कामको भुक्तानी नभएको हो ।
उक्त ठाउँमा डेढ किलोमिटर भन्दा बढी सडक ग्राभेलिङ्ग गर्नको लागि गुल्मीकै सुजता कन्ट्रक्सनले २०८० वैशाखमा काम सक्नेगरी ०७९ पौष ३ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सडकमा नाली निर्माण, हिमपाइप राख्ने, पक्की जाली राख्ने तथा ग्राभेलिङ्ग गर्ने लगायतको काम पनि गरेको छ ।
अधिकाशं काम सकेपछि कन्ट्रक्सनका एक इन्जिनियरले कम्पनीका साइड इन्चार्जसँग कमिसन मागेका थिए । तर इन्जिनियरलाई कमिसन नदिएका कारण आफुले काम गरेको पनि कम मूल्याकंन गरी सबै रकम नदिएको फर्म संचालक पदम विष्टले आरोप लगाए । ‘साइड इन्चार्जमार्फत कमिसन मागेका थिए, हामीले दिएनौ ।’ विष्टले भने, ‘अहिले भने कार्यालयले बैंकमा रकम जम्मा गरेर ठेक्का तोड्न पत्र पठाएको छ ।’
विष्ट आफुले पटक–पटक कामको भुक्तानीका लागि कार्यलयमा समन्वय गर्न खोज्दा कर्मचारी तथा इन्जिनियरहरुले खातामा रकम नभएको प्रतिक्रिया दिएको बताए । उनले कार्यालयकै सुपर भाइजरले भनेअनुसारको काम गरेपनि इन्जिनियरले दुःख दिएको गुनासो गरे ।
कम्पनीले कार्यालयसँग कुल ३७ लाख ७२ हजारमा कामको सम्झौता गरेको थियो । जसमा उक्त रकमको ७६ प्रतिशत अर्थात २८ लाख ६६ हजार सात सय २० रुपैँया मात्रै भुक्तानी भएको छ । फर्म संचालक विष्टले कमिसन नदिएका कारण आवश्यक इस्टिमेट र बिल स्वीकृत नगरेर निर्माण व्यवसायीलाई दुःख दिएको उनले बताए । कार्यालयसँगको सम्झौताअनुसार फर्मले अझै नौ लाख पाँच हजार दुई सय ८० रुपैँया पाउनुपर्ने छ ।
यस सम्बन्धमा सडक डिविजन पाल्पाका इन्जिनियर सागर पोखरेलले सुजता कन्स्ट्रक्सनले तोकिएको समयमा काम नसकेकोले रकम कम भुक्तानी भएको प्रतिक्रिया दिए । ‘काम समयमा सक्नुभएन, अनि कमिसन मागेको बाहाना बनाउनुभयो ।’ पोखरेलले भने, ‘हामीले रकम मागेका छैनौ, घुस मागेको प्रमाण भेटिए कारवाही भोग्न तयार छौ ।’
उनले अब उक्त सडकको सन्दर्भमा ठेक्का तोड्ने तयारीमा कार्यालय रहेको पनि जानकारी दिएको समाचार राजधानी दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: