गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन्तरतग भाखर्क खण्डमा भएको ग्राभेलिङ्गको काममा इन्जिनियरलाई कमिसन नदिदा कामको भुक्तानी नभएको हो ।
उक्त ठाउँमा डेढ किलोमिटर भन्दा बढी सडक ग्राभेलिङ्ग गर्नको लागि गुल्मीकै सुजता कन्ट्रक्सनले २०८० वैशाखमा काम सक्नेगरी ०७९ पौष ३ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सडकमा नाली निर्माण, हिमपाइप राख्ने, पक्की जाली राख्ने तथा ग्राभेलिङ्ग गर्ने लगायतको काम पनि गरेको छ ।
अधिकाशं काम सकेपछि कन्ट्रक्सनका एक इन्जिनियरले कम्पनीका साइड इन्चार्जसँग कमिसन मागेका थिए । तर इन्जिनियरलाई कमिसन नदिएका कारण आफुले काम गरेको पनि कम मूल्याकंन गरी सबै रकम नदिएको फर्म संचालक पदम विष्टले आरोप लगाए । ‘साइड इन्चार्जमार्फत कमिसन मागेका थिए, हामीले दिएनौ ।’ विष्टले भने, ‘अहिले भने कार्यालयले बैंकमा रकम जम्मा गरेर ठेक्का तोड्न पत्र पठाएको छ ।’
विष्ट आफुले पटक–पटक कामको भुक्तानीका लागि कार्यलयमा समन्वय गर्न खोज्दा कर्मचारी तथा इन्जिनियरहरुले खातामा रकम नभएको प्रतिक्रिया दिएको बताए । उनले कार्यालयकै सुपर भाइजरले भनेअनुसारको काम गरेपनि इन्जिनियरले दुःख दिएको गुनासो गरे ।
कम्पनीले कार्यालयसँग कुल ३७ लाख ७२ हजारमा कामको सम्झौता गरेको थियो । जसमा उक्त रकमको ७६ प्रतिशत अर्थात २८ लाख ६६ हजार सात सय २० रुपैँया मात्रै भुक्तानी भएको छ । फर्म संचालक विष्टले कमिसन नदिएका कारण आवश्यक इस्टिमेट र बिल स्वीकृत नगरेर निर्माण व्यवसायीलाई दुःख दिएको उनले बताए । कार्यालयसँगको सम्झौताअनुसार फर्मले अझै नौ लाख पाँच हजार दुई सय ८० रुपैँया पाउनुपर्ने छ ।
यस सम्बन्धमा सडक डिविजन पाल्पाका इन्जिनियर सागर पोखरेलले सुजता कन्स्ट्रक्सनले तोकिएको समयमा काम नसकेकोले रकम कम भुक्तानी भएको प्रतिक्रिया दिए । ‘काम समयमा सक्नुभएन, अनि कमिसन मागेको बाहाना बनाउनुभयो ।’ पोखरेलले भने, ‘हामीले रकम मागेका छैनौ, घुस मागेको प्रमाण भेटिए कारवाही भोग्न तयार छौ ।’
उनले अब उक्त सडकको सन्दर्भमा ठेक्का तोड्ने तयारीमा कार्यालय रहेको पनि जानकारी दिएको समाचार राजधानी दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...



प्रतिकृया लेख्नुहोस्: