काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबिच आज उक्त समझदारी-पत्रमा हस्ताक्षर गरेको हो ।
साथै उनीहरुले समझदारी-पत्र आदानप्रदान गरे। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटाबेसमध्ये एसएलटिडी (चोरी र हराएको यात्रा कागजात)डाटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटाबेसलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लुआइएसडिएम (डाटा व्यवस्थापनका लागि इन्टरपोल वेबसेवा)प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गरे।
साथै डब्लुआइएसडिएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझाव अनुरुप नै समझदारी भएको उहाँले बताए। महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबिचमा समेत समन्वय हुने विश्वास व्यक्त गरे।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले समझदारीको महत्व र औचित्यताबारे आफ्नो धारणा राख्दै राहदानीको दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्याउने उल्लेख गरे। साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताए। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: