काठमाडौं । भारतले आर्थिक वर्ष २०२४ को युनियन बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो तथा अर्थमन्त्री निर्मला सितारमणको सातौँ बजेट मंगलबार सार्वजनिक भएको हो ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा अर्थमन्त्री सितारणले देशको विपद् आर्थिक पाटोलाई समेट्ने प्रयत्न गरेकी छिन् । तीव्र आर्थिक विकासको महत्वकांक्षासहित ल्याइएको बजेटमा बिहारको बाढी रोक्न नेपालका खोला–नाला तथा नदी नियन्त्रणका लागि बजेट विनियोजन भएको छ ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री सितारणमले ११ हजार ५०० करोड भारु विनियोजन गरेको घोषणा गरिन् । उनले भनिन्, ‘बिहार निरन्तररुपमा बाढीबाट प्रभावित बनिरहेको छ । यो समस्या मुलुकबाहिरबाट उत्पत्ति भएको हो ।’‘नेपालमा बाढी नियन्त्रणका लागि बनाइरहेका पूर्वाधार निर्माणाधीन छन्,’ अर्थमन्त्री सितारमणले भनिन्, ‘यसका लागि भारत सरकारले अनुमानित ११ हजार ५०० करोड विनियोजन गरेको छ । यो कोसी–मेचीसहित अन्य २० आयोजनाका लागि हो ।’
यसबाट नदीमा ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ आयोजना समेत समेटिएका छन् । यसबाहेक नदीजन्य अनुसन्धान तथा सर्वेक्षणलाई समेत निरन्तरता दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: