काठमाडौँ । नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताए ।
उनका अनुसार महाधिवेशनमा सातै प्रदेश र जिल्लाबाट प्रतिनिधि छनोट भई आउनेछन् । यसका लागि साउनभित्र प्रतिनिधि छनोट गरिने छ । महाधिवेशनमा दलको नीति, सिद्धान्त, विचार, विधान र समसामयिक राजनीतिक आर्थिक, सामाजिकलगायत विषयमा गहन छलफल र बहस गरी परिमार्जनसहित पार्टीको नीति तय हुने अध्यक्ष साहले बताए ।
मुलुकमा बारम्बार सरकार परिवर्तन हुने घटनाले राजनीतिक अस्थिरता देखिएको भन्दै नेपाली जनता दलले यसबाट आर्थिक समृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अवरोध उत्पन्न हुने दाबी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने आवश्यक नीति अख्तियार गरिनुपर्नेमा सो दलको जोड छ ।
पुँजीगत बजेट खर्च बढ्न नसकेको, पूर्वाधार निर्माणको भुक्तानी दिन कठिनाइ भइरहेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाएर आयात कम गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी भएको औँल्याइएको छ ।
“कृषि क्षेत्रमा हामीले राम्रो उत्पादन गर्ने सम्भावना हुँदाहुँदै उचित नीतिको अभावले तराई मधेसका धेरैजसो भूमि बाँझो रहने गरेको छ । युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिँदा कृषिलगायत सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । नेपालका सबै तराई मधेस र भित्री मधेसका जिल्लाहरूका कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन बढाउन सकिने अपार सम्भावना छ । यसबाट एकातिर देश खाद्यान्नमा आत्मनिर्भर बनाउन, नयाँ रोजगारीको क्षेत्र सिर्जना गर्न र अर्कातिर निर्यात बढाउन सकिने सम्भावना छ”, सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष साहले कृषि उत्पादन बढाउन ‘इस्ट वेष्ट मेगा वाटर म्यानेजमेन्ट मल्टिपर्पोज प्रोजेक्ट’को अवधारणा अगाडि बढाउन सरकारसमक्ष माग गरे । सरकारले पूर्व–पश्चिम चुरे क्षेत्रमा नदी जडान बृहत् सिँचाइ आयोजना अगाडि बढाएर सबै कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न, तराई मधेस र चुरे क्षेत्रमा पानीको पुनःभरण गराई भित्री मधेस तथा मधेस क्षेत्रमा उर्वरभूमि बचाउन, पर्यावरण र जैविक विविधतालाई जोगाउनेतर्फ ध्यान दिन नेपाली जनता दलले अनुरोध गरेको छ ।
नेपाली जनता दलले मुलुकमा देखिएका सबै प्रकारका समस्या सम्बोधन गर्न संविधान संशोधन गरी सबैलाई स्वीकार्य हुने संविधान बनाउन माग गरेको छ । सो पार्टीका अध्यक्ष साहले संविधान संशोधन सर्वस्वीकार्य बनाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीको स्थापना गर्न माग गरे ।
उनले प्रत्यक्ष निर्वाचन प्रणाली अति खर्चिलो र दलहरूका नेताको खल्तीबाट टिकट बाँड्ने विकृतिमा परिणत भएकाले सबै वर्गका जनताका अभिमतको कदर गर्न संविधान संशोधन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गरिनुपर्नेमा जोड दिए । सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको सिटसङ्ख्या बढी भएको जनगुनासो सुनिँदै आएकाले नेपाली जनता दलले प्रतिनिधिसभामा एक सय ६५ सिट र सबै प्रदेशसभामा दुई सय ३० सिट मात्र सङ्ख्या राख्न सुझाव दिएको छ ।
सङ्घमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने संवैधानिक व्यवस्था गरी राजनीतिक स्थिरता, विकास निर्माण, सुशासन कायम गरिनुपर्ने पार्टीको ठहर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: