Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नतामा खयर तस्करी

रामेछापबाट तस्करी गरिएको ४ ट्रक खयर सुनसरीमा समातियो

खबरडबली संवाददाता

काठमाडौं ।  रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालवाहक ट्रक नियन्त्रणपछि छानबिन गर्दा खयर तस्करीको खुलासा भएको छ।

रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका ४ ट्रक अनुसन्धानको क्रममा खयर तस्करीको खुलासा भएको हो ।

प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ती ट्रकबारे छानबिन थालिएपछि खयर तस्करी सार्वजनिक भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफियत भेटिएको छ। 

धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा खयर लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताए। 

छानबिनका क्रममा अवैध खयर धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताए। 

प्रजिअ तिवारीले भने, ‘काठमा लगाइएका टाँचा विधिपूर्वक थिएन। वन कार्यालय रामेछापले लगाएको टाँचा केवल नाम मात्रको थियो। ती ट्रक एक दिन सिन्धुलीमा समेत रोकिएका रहेछन्। त्यसपछि सुनसरीको लागि आएको देखिन्छ। सुनसरीमा आइपुगेका ट्रकको जाँचका क्रममा अवैध काठ रहेको पुष्टि भयो‚ जुन मिलेमतो बेगर सम्भव नै छैन।’

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो। 

अनुसन्धानका क्रममा गणना गर्दा भने २ हजार ७३३ वटा भेटिएको थियो। उक्त परिमाणका काठ बा.प्र.०१००६ख२१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ख००९५ र क.प्र.०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको प्रशासनले जनाएको छ। 

प्रशासनले उक्त खयर तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ। सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालकसहितको हकमा कानूनबमोजिमको कारबाही हुने जनाएको छ। 

काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाइएको छ। 

स्रोतका अनुसार खयर बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending