Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नतामा खयर तस्करी

रामेछापबाट तस्करी गरिएको ४ ट्रक खयर सुनसरीमा समातियो

खबरडबली संवाददाता

काठमाडौं ।  रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालवाहक ट्रक नियन्त्रणपछि छानबिन गर्दा खयर तस्करीको खुलासा भएको छ।

रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका ४ ट्रक अनुसन्धानको क्रममा खयर तस्करीको खुलासा भएको हो ।

प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ती ट्रकबारे छानबिन थालिएपछि खयर तस्करी सार्वजनिक भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा उल्लेखित परिमाणमा नै कैफियत भेटिएको छ। 

धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा खयर लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताए। 

छानबिनका क्रममा अवैध खयर धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताए। 

प्रजिअ तिवारीले भने, ‘काठमा लगाइएका टाँचा विधिपूर्वक थिएन। वन कार्यालय रामेछापले लगाएको टाँचा केवल नाम मात्रको थियो। ती ट्रक एक दिन सिन्धुलीमा समेत रोकिएका रहेछन्। त्यसपछि सुनसरीको लागि आएको देखिन्छ। सुनसरीमा आइपुगेका ट्रकको जाँचका क्रममा अवैध काठ रहेको पुष्टि भयो‚ जुन मिलेमतो बेगर सम्भव नै छैन।’

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनि छोडपुर्जी दिएको थियो। 

अनुसन्धानका क्रममा गणना गर्दा भने २ हजार ७३३ वटा भेटिएको थियो। उक्त परिमाणका काठ बा.प्र.०१००६ख२१११, बा.प्र.०१००६ ख ३३४९, म.प्र.०३००२ख००९५ र क.प्र.०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको प्रशासनले जनाएको छ। 

प्रशासनले उक्त खयर तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ। सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालकसहितको हकमा कानूनबमोजिमको कारबाही हुने जनाएको छ। 

काठ तस्करीको विषय सुक्ष्म रुपले छानबिन हुनसके वन पैदावार चोरी निकासीमा संलग्नहरु कानूनी दायरामा आउने जनाइएको छ। 

स्रोतका अनुसार खयर बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE