काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले नवगठित केपी ओली नेतृत्वको सरकार असफल बनिसकेको टिप्पणी गरेका छन् । आज न्यूरोडमा नगरप्रहरी र स्थानीयबीच टकराव पश्चात उनले पत्रकारहरुसँग कुरा गर्दै सरकारले राजीनामा गर्नुपर्ने बताए ।
साहले न्यूरोडमा विवाद गर्नेहरू स्थानीय नभएर पार्टीका मानिसहरू भएको आरोप लगाएका छन् । यो विवाद नभएको र पार्टीका मान्छेहरू परिचालित भएका बताउँदै उनले दलहरुको निजी एजेन्डाभएको बताए ।
आजको घटनालाई दुईतिहाइ सरकारको हैसियत टेस्ट गर्ने रूपमा पनि आफूहरूले हेरेको साहले बताए । अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सवालमा प्रहरीले शान्ति सुरक्षा मिलाउनुपर्ने उनको तर्क छ ।
‘महानगर प्रहरी त स्थानीयसँग वार्ता गर्ने वा भिड्ने होइन । गृह प्रशासनबाट हुनुपर्ने आवश्यक समन्वयका लागि पत्राचार गर्दा पनि हाम्रो हातमा केही पनि छैन भनेर जिम्मेवार निकायका पदाधिकारीले भन्नुले राज्यसंयन्त्रलाई निकम्मा बनाएर राखिएको छ । यो सरकार ‘फेलर’ को स्थितिमा जाँदैछ । नबन्दै फेलरको स्थितिमा गयो । यसले राजीनामा गर्नुपर्छ ।’
उनले अदालतको आदेश नमान्नेहरुलाई रोक्ने कि महानगरलाई रोक्ने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । नगरप्रहरी नै असुरक्षित बनेको भन्दै उनले कुनै पनि निकायलाई आफ्नो काम गर्न सक्ने वातावरण बनाउन नसक्ने सरकारले राजीनामा गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: