काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले नवगठित केपी ओली नेतृत्वको सरकार असफल बनिसकेको टिप्पणी गरेका छन् । आज न्यूरोडमा नगरप्रहरी र स्थानीयबीच टकराव पश्चात उनले पत्रकारहरुसँग कुरा गर्दै सरकारले राजीनामा गर्नुपर्ने बताए ।
साहले न्यूरोडमा विवाद गर्नेहरू स्थानीय नभएर पार्टीका मानिसहरू भएको आरोप लगाएका छन् । यो विवाद नभएको र पार्टीका मान्छेहरू परिचालित भएका बताउँदै उनले दलहरुको निजी एजेन्डाभएको बताए ।
आजको घटनालाई दुईतिहाइ सरकारको हैसियत टेस्ट गर्ने रूपमा पनि आफूहरूले हेरेको साहले बताए । अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सवालमा प्रहरीले शान्ति सुरक्षा मिलाउनुपर्ने उनको तर्क छ ।
‘महानगर प्रहरी त स्थानीयसँग वार्ता गर्ने वा भिड्ने होइन । गृह प्रशासनबाट हुनुपर्ने आवश्यक समन्वयका लागि पत्राचार गर्दा पनि हाम्रो हातमा केही पनि छैन भनेर जिम्मेवार निकायका पदाधिकारीले भन्नुले राज्यसंयन्त्रलाई निकम्मा बनाएर राखिएको छ । यो सरकार ‘फेलर’ को स्थितिमा जाँदैछ । नबन्दै फेलरको स्थितिमा गयो । यसले राजीनामा गर्नुपर्छ ।’
उनले अदालतको आदेश नमान्नेहरुलाई रोक्ने कि महानगरलाई रोक्ने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । नगरप्रहरी नै असुरक्षित बनेको भन्दै उनले कुनै पनि निकायलाई आफ्नो काम गर्न सक्ने वातावरण बनाउन नसक्ने सरकारले राजीनामा गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: