Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

बाङ्ग्लादेशमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक

इन्टरनेट सेवा बन्द, सरकारी टिभीमा आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । बाङ्ग्लादेशमा विद्यार्थी र प्रहरी बीचको हिंसात्मक झडप जारी रहँदा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द भएका छन्।

हजारौँ प्रदर्शनकारीहरूले बिहीवार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए। उनीहरूले त्यहाँ फर्निचरहरूसहित झ्याल र बत्तीहरू तोडफोड गर्नुका साथै केही भागमा पनि आगो लगाइदिएका छन् ।

बाङ्ग्लादेशका सूचना तथा सञ्चारमन्त्रीले  सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाकास्थित उक्त भवन छाडिसकेको बताएका छन् ।

बीटीभीले के भन्यो ?
त्यसअघि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै बीटीभीले आफ्नो भवनभित्र धेरै कर्मचारीहरू फसेको भन्दै दमकल सेवालाई आगो निभाउन मद्दतका लागि अपिल गरेको थियो।

नाम खुलाउन नचाहने बीटीभीका एकजना वरिष्ठ पत्रकारले  भने,-'परिस्थिति धेरै खराब बनेकाले हामीले उक्त ठाउँ छाड्नु बाहेक अन्य कुनै विकल्प थिएन।' उनले भने-'हाम्रा केही सहकर्मीहरू भित्र फसेका थिए। उनीहरूलाई के भयो मलाई थाहा छैन।'

प्रधानमन्त्री शेख हसिना बुधवार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन् । केही दिनदेखि आरक्षणको विरोधमा बाङ्ग्लादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ।

के छ प्रदर्शनकारीको माग ?
 
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए।

बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था रहेको छ। त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।

योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्।

 मोबाइल इन्टरनेट बन्द
आन्दोलन नियन्त्रणका लागि सरकारले बिहीवार देशभरिको मोबाइल इन्टरनेट बन्द गरेको थियो । तर बिहीवार नै पछिल्लो आन्दोलनको हालसम्मको सबैभन्दा घातक दिन बनेको थियो।

समाचार संस्था एएफपीले अस्पतालहरूलाई उद्धृत गर्दै प्रदर्शनका क्रममा कुल ३२ जनाको मृत्यु भएको जनाएको छ। बीबीसी बाङ्ग्लाले चाहिँ कम्तीमा २५ जनाको ज्यान गएको र ढाकामा मात्र १९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। त्यसमध्ये १३ जना बिहीवार मारिएका हुन्।

मारिनेमा ढाका टाइम्सका एक जना ३२ वर्षका पत्रकारसमेत रहेका छन्।
 
वार्ताको पहल असफल
प्रधानमन्त्री शेख हसिनाले आफ्नो बुधवारको टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीहरूको मृत्युलाई 'हत्या' भनेर निन्दा गरेकी थिइन् ।

तर उनको शब्द चयनलाई लिएर पनि प्रदर्शनकारीहरूले आपत्ति जनाए र वार्ताको सरकारी प्रस्तावलाई अस्वीकार गरेका छन्।

'सरकारले एकै दिन यति धेरै मानिसहरू मारेको वर्तमान अवस्थामा हामी कुनै पनि छलफलमा सामेल हुन सक्दैनौँ', आरक्षणविरोधी आन्दोलनका नेता नाहिद इकबालले भने।

अर्का २२ वर्षीय विद्यार्थी अलीम खानले बीबीसीसँग भने, 'प्रधानमन्त्री एकातर्फ हिंसा अन्त्य गर्न आग्रह गरिरहेकी छन् र अर्कोतर्फ सत्तारुढ दल समर्थक समूहहरू र प्रहरीलाई प्रयोग गरेर विद्यार्थीमाथि आक्रमण गराइरहेकी छन्।'

विद्यार्थीहरूले सडकहरूमा अवरोध गरेपछि प्रहरीहरूले अश्रुग्यास र रबरका गोली चलाएका थिए।

सामाजिक सञ्जालमा एक जना अधिकारीले जनाए अनुसार बीटीभीमा आक्रमण गर्ने विद्यार्थीहरूले त्यसअघि प्रहरी चौकीमा 'आगजनी' पनि गरेका थिए।

 सत्तापक्ष समर्थक र विद्यार्थीबीच झडप

बीटीभीमा शरण लिन खोज्ने विद्यार्थीहरू र प्रहरीबीच झडप भएपछि प्रदर्शनकारीहरूले बीटीभीमा पनि आक्रमण गरेको एक अधिकारीले एएफपीलाई बताएका छन्।

बीबीसी बाङ्ग्लाले एउटा मेडिकल कलेजमा शरण लिइरहेका केही विद्यार्थीहरूसँग कुराकानी गरेको छ। उनीहरूले सत्ताधारी दल निकट समूहहरूको आक्रमणपछि त्यहाँ शरण लिएको बताएका छन्।

त्यहाँ रहेकी सुमी नामकी एक विद्यार्थीले बीबीसीसँग भनिन्, “निजामती सेवामा हुने भेदभावविरुद्ध म यहाँ आएकी हुँ। अहिले प्रहरीले धेरै विद्यार्थीलाई मारिसक्यो। म त्यसको पनि विरोध गर्दैछु।'

'हाम्रो विरोध शान्तिपूर्ण हो तर जसरी हामीमाथि हमला भयो त्यसले मलाई सत्ताधारी दल समर्थक समूहहरूले मार्छन् जस्तो लागेको छ।' बिबिसीबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराए रवि ? सुकुम्बासी संकटमा मौन बसेपछि सामाजिक सञ्जालमा ‘मानिस हराएको सूचना’ भाइरल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...

बाढीले बगायो झोलुङ्गे पुल, घान्द्रुक जाने सडकसमेत अवरुद्ध

किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित

घर गुमाए, आश्रय पनि डुब्यो : सुकुम्बासीको पीडामाथि दमनको अर्को अध्याय

काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...

मोदीखोलाको कटानले घान्द्रुक जाने सडक ठप्प

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...

आगोले सोधिरहेको प्रश्न : प्रेम आचार्यदेखि गणेश, विवेक र अश्विनसम्म किन दोहोरिँदै छन् आत्मदाहका घटना ?

काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...

जेनजी अभियन्ता पक्राउप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...

गणेशको शव बुझ्न परिवारको अस्वीकार, ‘राज्यले जिम्मेवारी नलिएसम्म अन्त्येष्टि हुँदैन’

सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्‍यो, घटनाको बहुआयामिक छानबिन तीव्र

आज पूर्वदेखि मध्य नेपालका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...

संसद्मा कानुन, फुर्सदमा ब्रस : श्रमलाई नछाड्ने सांसद हरिप्रसाद भुसालको प्रेरक यात्रा

रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending