Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

ओली सरकारले ६१ उद्योगको डेडिकेटड र ट्रंकलाइन बिलकाे विवाद मिलाउला ?

८ अर्व राज्य कोषमा ल्याउने कि व्यापारिलाई छोड्ने ?

खबरडबली संवाददाता

काठमाडौं । सरकार फेरिएको र राजनीतिक अस्थिरता भएको मौका पारेर चरम लोडसेडिङका बेला राज्यबाट डेडिकेटेड र ट्रंकलाईन मार्फत विद्युत सुविधा लिएका व्यापारिहरु मन्त्रीको ढोका ढक्ढकाउने पुगेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री, एमालेकै उपाध्यक्ष विष्णु पौडेल,  ऊर्जा क्षेत्रमा लगानी नै रहेका कांग्रेसका दीपक खड्का ऊर्जा मन्त्री रहेका छन् । सवा ८ अर्ब बराबरको बक्यौता उठाउन कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिकरणले ताकेता गरिरहेको छ ।

त्यतिबेलैका बक्यौतामध्ये कतिपय व्यापारिक घरानाले तिरिसकेको तर राजनीतिक पंहुच देखाउन खोज्ने कतिपय व्यापारिले जवरजस्ती बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरण यस्ता व्यापारिको लाइनै काट्ने निचोडमा पुगेको छ ।

तर भर्खरै नियुक्त भएका प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल र ऊर्जामन्त्री खड्काको याे विषयमा प्रष्ट बोली आएको छैन । राज्यको अर्थतन्त्रको ढुकुटी नै सम्हालेका अर्थमन्त्री पौडेलले त डेडिकेटेड र ट्रंकलाईको बक्यौतालाई कानुन विपरित भन्दै त्यस्तो पौसा तिर्न नपर्ने अनौठो तर्क अघि सारेका छन् । 

‘लाइन काटिएकाहरूमा कतिपय निर्यातमूलक उद्योगीहरू पनि छन् । उनीहरूको उत्पादन बन्द भएको छ । अर्डर क्यान्सिल हुने अवस्थामा छ भन्ने मलाई जानकारी छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक उद्योगीले भने, ‘समस्या समाधान हुनुपर्छ, त्यो चाँडै गर्ने छु ।’

डेडिकेटेड र ट्रंकलाइन महसुल विवादलाई त्रास र आतंकका रुपमा नलिनुस्, यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सृजना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन, अव तपाईहरु डेलिगेशन आउन पर्दैन, उद्योगीसँगको छलफलमा अर्थमन्त्री पौडेलले भनेका थिए । 

प्रधानमन्त्री र मन्त्रीहरुको यस्तो अभिव्यक्तिले नवनियुक्त ओली सरकार कस्तो खालको सुशासनको सन्देश दिन खोजेको छ भन्ने कुरा सुरुमा नै संकेत गरेको कतिपयले बताउन थालिसकेका छन् । 

यसरी राज्यलाई तिर्न पर्ने त्यति ठूलो रकम नतिरेर राजनीतिक लबिङ गर्ने व्यपारिहरु नेपाली कांग्रेस र एमाले निकटकै रहेको कतिपयको अरोप पनि छ । 

डेडिकेटेड र ट्रंक लाइन विवाद के हो ?
आम नागरिकले चरम लोडसेडिङ भोगिरहेका बेला व्यापारिहरुलाई नेपाल विद्युत प्राधिकरणले छुट्टै डेडिकेडेट फिडर र ट्रंक लाइन मार्फत २० देखि २४सै घण्टा विद्युत उपलव्ध गराएको थियो । तर त्यसरी अतिरिक्त सुविधाको रुपमा प्रयोग गरेको विद्युतको महसुल पनि व्यापारीहरुले तिर्न आनाकानी गरिरहेका छन् । 

विभिन्न सरकारी अस्पताल, कार्यालय तथा निजी उद्योग समेत गरेर २ सय ९८ ग्राहकले यस्तो लाइन लिएकोमा पछिल्लो समय ६१ उद्योगको बिलमा भने विवाद भइरहेको छ ।

त्यसरी वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ साल यता विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । यही विवादमा प्राधिकरणले २४ उद्योगको लाइन गत पुस पहिलो साता काटेको थियो ।

लोडसेडिङका बेला पनि नियमित २० देखि २४ घण्टासम्म विद्युत् लिन चाहने अर्थात् लोडसेडिङमा बस्नु नपर्ने गरी केही उद्योगी–व्यवसायीलाई प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली दिन्थ्यो, त्यसमा थप ६५ प्रतिशतसम्म प्रिमियम शुल्क लिन्थ्यो ।

ती ग्राहक जसले लोडसेडिङमा बस्नु परेन, उनीहरूले थप ६५ प्रतिशतसम्मको शुल्क नियमित बुझाएका पनि थिए । तर, विद्युत् प्राधिकरणले २०७५ सालमा ६१ उद्योगीलाई छुट बिल तिर्न भन्दै पत्र पठाएपछि यो विवाद सतहमा आएको हो । २०७२ साउनदेखि सुरु भएको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम शुल्क २०७७ असारसम्मै चालु थियो ।

कतिपय उद्योगले त्यो संकटपूर्ण कालखण्डमा महँगो दर पर्ने बिजुली उपयोग गरे तर सामान्य दरमा बिल भुक्तानी गरेको प्राधिकरणको दाबी छ । त्यसरी प्रिमियम शुल्क तिर्नुपर्ने कतिपय उद्योगको छुट बिल काटिएको प्राधिकरण बताउँछ ।

उपयोग गरेअनुसार बिल तिर्न आफूहरू तयार भए पनि प्राधिकरणले कुन समयमा कति बिजुली प्रयोग गर्न दिएको थियो भन्ने प्रमाण दिनुपर्ने उद्योगीहरूको अडान छ ।

यसबीच विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकसँग प्राधिकरणले तोकेको मापदण्ड पुगेको प्रमाणका आधारमा शुल्क उठाउन पाउने निर्णय गरेको थियो ।

तर, त्यसपछि पनि विवाद समाधान नहुँदा मन्त्रिपरिषद्ले २०८० पुस २४ मा छानबिन आयोग गठन गरेको थियो । आयोगले २३ वैशाख २०८१ मा सिफारिस सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सोही प्रतिवेदनमा २०७२ पुसअघि र २०७५ वैशाखपछिको अवधिको प्रिमियम शुल्क प्राधिकरणले लिन नमिल्ने सिफारिस गरिएको छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगहरूले विद्युत उपभोग गरेको दिन र अवधि यकिन गरी पुनः गणना गरेर महसुल लिन पाउने सिफारिस गरिएको छ ।

उद्योगीहरूले बिलको आधार र टीओडी मिटरको तथ्यांक उपलब्ध नगराइकन महसुल नतिर्ने अडान राख्दै आएका छन् । त्यसपछि अहिलिे प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन काटिदिएको छ । लाइन काटिएपछि व्यापारिहरु राजनीतिक छत्रछायाँको प्रयोग गर्दै छुट लिने दाउमा छन् । 

‘वर्षभरी उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको छ। सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ,’ इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने उद्योगीहरुले २०७२ माघदेखि २०७५ बैशाखसम्म प्रयोग गरेको विद्युतको महसुल तिर्नुको कुनै विकल्प नभएको बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending