काठमाडौँ । विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।
यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ । अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन ।
केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो । फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए ।
करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहेको छ भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए। अन्डा उत्पादन सङ्घका महासचिव प्रवीण केसीले किसानले लागत मूल्य उठाउन पाएको छ, अझै थोरै मूल्य बढ्यो भने फाइदामा जान सकिने बताए । किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेको उनले बताए । उनले भने, “किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् ।” उनले अन्डाको मूल्यका कारण उपभोक्ता मारमा परेको बताए ।
नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या घटरे दुई हजारमा पुगेको उनले बताए। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताउनुभयो । दानाको कच्चा पदार्थ र औषधीको मूल्यवृद्धि भएको छ, कामदारको ज्याला पनि बढेको छ त्यसले गर्दा लागत खर्च नै धेरै भएको उनले बताए । नेपालमा अहिले अन्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान तथा फार्मको सङ्ख्या १५ रहेका छन् । हाल ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अन्डा दैनिक उत्पादन हुँदै आएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...
पौष १५ गते, २०८२ - १०:५५
रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...




प्रतिकृया लेख्नुहोस्: