Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो, एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा

खबरडबली संवाददाता

काठमाडौँ । विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् । 

यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ । अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन । 

केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो । फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए  । दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए । 

करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहेको छ भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए। अन्डा उत्पादन सङ्घका महासचिव प्रवीण केसीले किसानले लागत मूल्य उठाउन पाएको छ, अझै थोरै मूल्य बढ्यो भने फाइदामा जान सकिने बताए । किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेको उनले बताए । उनले भने, “किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् ।” उनले अन्डाको मूल्यका कारण उपभोक्ता मारमा परेको बताए ।

नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या घटरे दुई हजारमा पुगेको उनले बताए। पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताउनुभयो । दानाको कच्चा पदार्थ र औषधीको मूल्यवृद्धि भएको छ, कामदारको ज्याला पनि बढेको छ त्यसले गर्दा लागत खर्च नै धेरै भएको उनले बताए । नेपालमा अहिले अन्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान तथा फार्मको सङ्ख्या १५ रहेका छन् । हाल ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अन्डा दैनिक उत्पादन हुँदै आएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ मा सार्वजनिक हुने

कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...

सुनसरी गोलीकाण्डमा एमालेको सरकारमाथि प्रश्न, ‘नैतिक जिम्मेवारी लिन तयार छ कि छैन ?’

काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...

राष्ट्रपति र सभामुखबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा। बिर्तामोड नगरपालिका–५  भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।  ...

छोराको प्रतीक्षामा रहेका बेला श्रीमान् पनि बेपत्ता

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, आम्बोटको भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एउटी वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ ...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र

कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending