काठमाडौं । एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।
अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् ।
माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई हेरिसकेपछि राम्रो चलचित्र रहेको प्रतिक्रिया सेन्सर समितिका पदाधिकारीहरुले दिएका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा सञ्चारकर्मी सरोज कोईरालाले संगीत भरेका छन् । चलचित्रमा शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा।कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डवसमेत रहेको छ, जसको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खान प्रोमा डिजाइनरका रहेका छन् ।
चलचित्रलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने समिर मियाँको भिएफएक्स रहेको छ । चलचित्रमा पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०८:५३
उदयपुर । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा ...
आषाढ़ १५ गते, २०८३ - ०८:५१
काठमाडौं । आज असार १५। नेपाली किसानका लागि धान रोपाइँको उत्सव मात्र होइन, दही–चिउरा खाने विशेष दिन पनि हो। सरकारले २३औँ राष्ट्रिय धान दिवस मनाइरहँदा द...
आषाढ़ १५ गते, २०८३ - ०८:४५
नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाट...
आषाढ़ १५ गते, २०८३ - ०८:४३
काठमाडौं । ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर नजिक सोमबार बिहान सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारको घरमा ठोक्किएको छ। बिहान क...
आषाढ़ १५ गते, २०८३ - ०८:३९
काठमाडौं । सरकारले २३औँ राष्ट्रिय धान दिवस यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइरहेको छ। तर, यही आत्मनिर्भर...
आषाढ़ १५ गते, २०८३ - ०८:३५
काठमाडौं । नेपाली कृषकहरूको प्रमुख पर्व मानिने असार १५ आज देशभर दही–चिउरा खाएर तथा धान रोपाइँ गर्दै मनाइँदै छ। यस दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चि...
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...



प्रतिकृया लेख्नुहोस्: