Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला

खबरडबली संवाददाता

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् ।

विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाई थियो ।

मन्त्री तमाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे ।

देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तमाङले विश्वास व्यक्त गरे ।

यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पुरा भएको बताईन् ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई थियो । अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताईन् । 

नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गीन् । 

भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।  ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए  । राजा महेन्द्रको यही दरबारमा निधन  हो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE