काठमाडौं । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ । पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।
अविरल वर्षाको कारण तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको हो ।
पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपाली सहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतरा समेतबाट खटिएको टोलीले उद्दार एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । बेपत्ता १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
स्याङ्जाको बिरूवा गाउँपालिका-६ लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका(६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् ।
गुईश्वरी र माधवको घर पहिरोले पुरिएर क्षति भएको र उनीहरूको उद्दार गरी ईश्वरीको खाली घरमा राखेकोमा उक्त घर समेत पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा तीनै जनाको शव फेला परेको हो ।
पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: