Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्योः भुवन केसी

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् ।

आदिवासी जनजातीले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा यस बिषयमा ऐन अभावका कारण ओझेमा पर्ने गरेको उनको धारणा रहेको थियो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ले बिहिबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम–२०८१’मा बोल्दै केसीले आदिवासी जनजाती चलचित्रकर्मीको गतिबिधि बढ्दै गएको खुसी ब्यक्त गरे । 

उनले नेपाली कलासंस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पु¥याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गरे ।

आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सह–आयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरुका बिभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडांैमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उनको भनाई थियो ।

अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि बिद्यालय जस्तै भएको बताइन् । उनले आफुले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समितिका संयोजक ज्योतिराज राईले चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताए । उनले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सृजना गर्नु अहिले अपरिहार्य भएको उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाख बहादुर तामाङ, कलाकार तथा समाजसेवी डा.सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बु चलचित्र ‘हाङनाङ्ग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल, भुजेल चलचित्रका सह–नायक सुरज भुजेल लगायतलाई सम्मान समेत गरिएको थियो । 

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धधन समिति’ले पछिल्लो समय देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम मार्फत आदिवासी जनजाति तथा मातृभाषीका चलचित्र निर्माण र प्रवद्र्धनमा प्रोत्सान मिल्ने कार्यक्रम र सहजिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा जङ्गली हात्तीकाे वितण्डा, चौदण्डीगढीकाे लामाचौरमा ६ घर भत्कायो

उदयपुर । चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा ...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? यस्तो छ परम्परा र महत्व

काठमाडौं । आज असार १५। नेपाली किसानका लागि धान रोपाइँको उत्सव मात्र होइन, दही–चिउरा खाने विशेष दिन पनि हो। सरकारले २३औँ राष्ट्रिय धान दिवस मनाइरहँदा द...

वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे

नेपालगन्ज । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाट...

बिहानै भैँसीपाटीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

काठमाडौं । ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर नजिक सोमबार बिहान सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारको घरमा ठोक्किएको छ। बिहान क...

‘धानमा आत्मनिर्भर’को नारा, बिउमा भारत–चीनकै भर

काठमाडौं । सरकारले २३औँ राष्ट्रिय धान दिवस यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइरहेको छ। तर, यही आत्मनिर्भर...

आज असार १५ : दही–चिउरा खाएर देशभर राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । नेपाली कृषकहरूको प्रमुख पर्व मानिने असार १५ आज देशभर दही–चिउरा खाएर तथा धान रोपाइँ गर्दै मनाइँदै छ। यस दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चि...

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending