मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा भएको द्वन्द्वलाई चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहसका क्रममा गत साता ट्रम्पले राष्ट्रपतिमा आफू निर्वाचित भए सन् २०२५ जनवरीमा पदभार ग्रहण गर्नुअघि नै द्वन्द्व ‘समाधान’ गर्ने बताएका थिए । “राष्ट्रपतिको उम्मेदवारका रूपमा श्री ट्रम्पले आफू तयार रहेको र युक्रेनमा युद्ध रोक्न चाहेको भन्ने तथ्यलाई हामी गम्भीररूपमा लिन्छौँ”, पुटिनले अस्तानामा पत्रकार सम्मेलनमा भने ।
रुसले सामान्यतया युक्रेनमाथि आफ्नो सैन्य आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेर बुझाउने गरेको छ । युद्धको तेस्रो वर्षमा अन्त्य गर्ने ट्रम्पको विशिष्ट प्रस्तावबाट आफू ‘परिचित’ नभएको पुटिनले बताए ।
“निश्चितरूपमा यो मुख्य प्रश्न हो”, उनले भने, “तर उहाँले यो इमान्दारीपूर्वक भन्नुहुन्छ र हामी यसलाई समर्थन गर्छौं भन्नेमा मलाई कुनै शङ्का छैन ।” पुटिनले द्वन्द्व समाप्त गर्न सधैँ वार्ताका लागि तयार रहेको दाबी गरेका छन् तर गत महिना उनले युद्धविरामको पूर्वशर्तका रूपमा युक्रेनले प्रभावकारीरूपमा आत्मसमर्पण गर्नुपर्ने माग गरेका थिए ।
युक्रेनले रुसको आक्रमण समाप्त होस् भन्ने चाहन्छ भने उसले मुलुकको दक्षिण र पूर्वबाट आफ्ना सैनिक हटाउन र हाल रुसी सेनाले कब्जा गरेको क्षेत्र खाली गर्न पुटिनले युक्रेनसँग आह्वान गरेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अस्थायी युद्धविरामलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उनका अनुसार रुसले यसको प्रयोग पुनः सङ्गठित हुन र सशस्त्र बनाउन प्रयोग गर्नेछ ।
किएभले रुसी सेना मुलुकबाट पूर्णरूपमा बाहिरियोस् भन्ने चाहन्छ । यसमा कुनै पनि सम्झौताअन्तर्गत सन् २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि रहेको छ । साथै रुसले द्वन्द्वका कारण भएको नोक्सान र विनाशका लागि क्षतिपूर्ति देओस् भन्ने युक्रेन चाहन्छ ।
सन् २०२३ मा युक्रेनी जवाफी आक्रमण धेरै हदसम्म असफल भएपछि रुसी सेनाले यस वर्ष युद्धको मैदानमा सामान्य प्रगति गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: