काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा रहेका छन् । एमालेले आजै समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पाटीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका हुन् ।
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले एमालेबाट कांग्रेससँगको सहमतिबारे अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको बताउँदै भने, ‘एमालेबाट समर्थन फिर्ता गरेको खबर गरेको छैन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उहाँले विश्वासको मत पाउनुभएन भने संविधानका धारा ७६ को ३ मा जान्छ त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो।’
प्रधानमन्त्रीले राजीनामा दिनुुहुन्छ कि विश्वासको मतको सामना गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो सल्लाह हुँदैछ, राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ त्यो उहाँको अधिकारको कुरा हो।’
त्यसबारे रणनीति बनाउन प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठक पनि राखेका छन्। उनले एमाले र कांग्रेस मिलेर २०४७ सालको संविधानतिर फर्काउनतिर लागेको बताए।
उनले भने, ‘संविधान संशोधन गरेर समानुपातिक समावेश हटाउने कुरा आएका छन्। जनताले प्राप्त गरेको उपलब्धिलाई फर्काउने प्रतिगामी कदम नै हो। संविधान संशोधन गर्ने, समानुपातिक समावेशि हटाउने, निर्वाचन प्रणाली हटाउन भनेको छ, गणतन्त्र राख्ने ०४७ सालको संविधानमा फर्काउनेतिर गयो।’
उनले एमाले र कांग्रेस मिलेपछि अब माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। कांग्रेस र एमालेबीच ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्नेदेखि संविधान संशोधन गर्ने सहमति बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: