काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् ।
आज नेपाल जनता पार्टी धिरेन्द्र झा समुहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आबश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।
सहमतिपत्रमा देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्धनवादी शक्ति निर्माण गर्ने उदेश्यका साथ नेपाल जनता पार्टी श्री धिरेन्द्र झा समुह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा मन, बचन र कर्मले सशक्तरुपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौ भनी उल्लेख गरिएको छ ।
राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास हाम्रो प्राथमिकता रहने तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने बताईएको छ ।
सहमती अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालके उपाध्यक्ष पदमा रहनु हुनेछ । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरि पदाधिकारी ,केन्द्रिय सदस्य, बिभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानिय तहहरुमा सम्माननजनक जिम्मेवारी र भुमिका प्रदान गरिने सहमती भएको राप्रपा नेपाल केन्द्रिय सचिबालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - १७:५३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...
चैत्र १५ गते, २०८२ - १७:२९
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...
चैत्र १५ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...
चैत्र १५ गते, २०८२ - १७:१२
काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...
चैत्र १५ गते, २०८२ - १६:५९
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा...
चैत्र १५ गते, २०८२ - १६:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघर–बबरमहल क्ष...
चैत्र १५ गते, २०८२ - १६:३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा काम नगर्न चेतावनी दिएको छ। आइतबार पेरिसडाँडास्थित केन्द्रीय कार्...
चैत्र १५ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको...
चैत्र १५ गते, २०८२ - १६:०७
हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य त...
चैत्र १५ गते, २०८२ - १५:३७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबा...



प्रतिकृया लेख्नुहोस्: