काठमाडौँ । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो ।
कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानिज भाषाको एनफोर उत्तिर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउने छन् ।
सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु, होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिए ।
यस कलेजका धेरै विद्यार्थीहरू विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटलमा तथा रिसोर्टमा कार्यरत रहेको ढकालले जानकारी दिए । कलेजमा अध्ययनरत उत्कृस्ट विद्यार्थीका लागि रोजगारको निम्ति कलेजले नै पहल गर्ने गरेको छ,’ उनले भने ।
ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराईन, मलेशिया र कुवेत लगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् ।
पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले वर्षेनी कलेजमा भर्ना हुनेको संख्या बढ्दै गएको ढकालले बताए ।
नेपालमा हाल विभिन्न कलेजले होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सिपमूलक शिक्षा भएकाले यस विषयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ ।
साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा होटल व्यवस्थापन विषय पर्ने गरेको छ ।
होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्न सक्ने कलेज सञ्चालक ढकाल बताउँछन् । उनी भन्छन्, होटल व्यवस्थापन सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन्।’
सिन्धुलीमा कलेज खुलेको सात वर्ष भइसकेको छ । सिन्धुलीको रातमाटामा उक्त कलेज रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: