Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रहरीले पक्राउ गर्याे अवैध लागूऔषधसहित १० जना

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट  अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका ३ घर भएका २४ वर्षीय राज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उनले लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ८ तिलगंगा बस्ने झापा गौरादह नगरपालिका ७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्राम र नगद ५१ हजार २ सय ५० रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँकेको  नेपालगंज उपमहानगरपालिका १५ शर्मा गल्ली जिकबाट अवैध लागूऔषध ब्राउनसुगर  १ ग्राम ३ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका ८ गोल्छा बस्ने १९ वर्षीय भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई  पक्राउ गरेको हो ।

यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका १२ मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका ३ घर भएका ३० वर्षीय रवी थापालाई अवैध लागूऔषध ब्राउन सुगर ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका८ शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम १३ किलोसहित रूकुमपश्चिम आठ्बिसकोट नगरपालिका ३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका ३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा
उक्त अवैध लागूऔषध अफिम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको  पुनर्वास नगरपालिका ११ भिमबस्तीस्थित सडकबाट अवैध लागूऔषध  खैरो हेरोइन ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका ३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका २ मिलनचोक बस्ने १९ वर्षीय छत्र बहादुर सिंह रहेका छन् । 

इलाका प्रहरी कार्यालय  त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-०१० प ६४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका(२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन  १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका २ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेका सबैकाे  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे  छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending