लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदै हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ । गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएका थिए ।
स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा मंगलबार दिउसो चारैजनाको शव फेला परेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए । उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।
क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङले आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको बताए । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । योसँगै लमजुङमा पहिरोबाट मृत्यु हुने संख्या ५ पुगेको छ ।
दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: