Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्राकृतिक विपत्तीका कारण २४ घन्टामा १० जनाको मृत्यु, ६ जना बेपत्ता

देशभर १८ ठाउँमा पहिरो

खबरडबली संवाददाता

काठमाडौं । देशभर मनसुन फैलिएसँगै बाढी पहिरोजस्ता विपदका घटना भएका छन् । विपदका कारण पछिल्लाो २४ घण्टामै १० जनाको ज्यान गएको छ । 

नेपालमा जेठ २८ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिएपनि देशभर नफैलिँदा पानी भने पर्न सकेको थिएन।  मनसुन देशैभर फैलिएपछि पछिल्लो २४ घण्टामा केही ठाउँमा भारीवर्षा पनि भएको छ । सुदूरपश्चिम, गण्डकी, बागमती र मधेसका केही ठाउँमा वर्षा भइरहेको छ। 

चट्याङ, बाढी, पहिरोका घटनाले मानवीय तथा भौतिक क्षती  भएको छ । विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४४ वटा विपदका घटना भएका छन् । यो विवरण मंगलबार बिहान ९ बजेदेखि बुधबार बिहान ९ बजेसम्मको  हो।

विपदबाट देशभर १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते र ६ जना बेपत्ता छन् । विभिन्‍न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ । देशभर आगलागीका चार वटा घटना भएका छन् । यसबाट भने मानवीय क्षति भएको छैन। एउटा घरमा भने क्षति पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ । पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन् । तीन जना घाइते र चार जना बेपत्ता छन् ।  लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ बगुमका रुद्रमान गुरुङको मृत्यु भएको हो।

बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा पहिरोले घर नै बगाएको छ। घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो ।  पोखरा महानगरपालिका वडा नम्बर २७ आरूपाटामा पनि पहिरोले घर भत्काउँदा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको हो। पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ। पहिरोमै परी ९ वटा चौपाय समेत मरेका छन्।

त्यसैगरी चट्याङले पनि मानवीय क्षति पुर्‍याएको छ। देशभर चट्याङका १३ वटा घटना भएको एसएसपी विश्व अधिकारीको भनाइ छ। चट्याङकै कारण ५ जनाको मृत्‍यु भएको छ। ५ जना मानिस घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन्।

कैलालीमा बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरीका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो। 

साथै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो। मंगलबार नै झापामा पनि चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका थिए। 

त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्।

मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ का एकै परिवारका चार जनालाई बगाएको थियो। जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending