पथरी । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।
पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार ९असार १० गते० २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।
प्रहरीको नियन्त्रणमा परे पनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए।
काफ्लेले पटक-पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन ९साइबर० अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।
गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोष्ट गरेका थिए।
संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।
साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।
नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरूद्ध मुद्दा हालेका छन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गर्ने पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको छ।
बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।
केही महिनाअघि यसैगरी पथरीशनिश्चरे(१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो ।
केही वर्षअघि यसैगरी अप्रमाणित विषय लेखेपछि डेरामै गएर एक समूहले काफ्लेलाई कुटपिट गरेका थि । त्यो प्रकणमा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरू बसेर छलफल गर्दा झुटो प्रमाणित भएको र आगामी दिनमा प्रमाणबिना भ्रामक नलेख्न अनुरोध गरिएको थियो। सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले व्यहोर्ने सहमति भएको थियो।
काफ्लेले समाजिक सञ्जालमार्फत् पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, विभिन्न ठेकेदार, व्यवसायी, सामाजिक-राजनीतिक व्यक्तिहरूलाई पुष्टि नहुने विषयमा लेखेर पैसा माग्ने गरेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १३:२७
महोत्तरी। अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्...
पौष १३ गते, २०८२ - १२:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने भनि...
पौष १३ गते, २०८२ - १२:०२
हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भए...
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...




प्रतिकृया लेख्नुहोस्: