Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

गायक भीम लिम्बूको नयाँ गीत ‘खुल्यो है खुल्यो’ सार्वजनिक

खबरडबली संवाददाता
काठमाडौं । गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समय अघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’ मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो ।
हङकङलाई कर्मथलो बनाउँदै आएको निर्देशक युगल पोमूले निर्देशन गरेका यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय रहेको छ । निर्देशक पोमूले यस भिडियोलाई फेमिलियर शैलीमा तयार गरेका छन् ।
प्रायः नृत्य परक भिडियो निर्देशन गर्दै आएका पोमूले यस गीतको भिडियोलाई एउटै फ्लोरमा सक्ने प्रयास गरेका छन् । भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवा पुस्ताको रोमान्टिक जीवन शैलीलाई चित्रण गर्न खोजिएको छ ।
दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोक शैलीको यस गीतको संगीत चर्चित संगीतकार तारा प्रकाश लिम्बूले गरेका हुन् भने शब्द रचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ ।
मज्जाको राईको छायाँकन र अनिल कुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियो ग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन् ।गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए । विशेषगरी पूर्वेली गीतकालागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरु भन्दा यो केही फरक छ । दर्शक तथा श्रोताले पनित्यो पक्कै महशुुस गर्ने छन् ।’
गायक भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’ लगायतका गीत चर्चित छन् । हालै मात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ । यसैबेला भीमले ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन् ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending