काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले मंगलबार फेसबुकमा स्टाट्स लेख्दै पार्टीबाट अलग भएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’
यस्तो छ उनको स्टाट्स
आजको मितिदेखी राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु। आफु जिम्मेवारीमा हुँदा पदको कहीं कतैपनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहें । तैपनि कहींकतै केही कमजोरी भएकोभए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु ।
समाज, मेरो बुझाइ र मेरो स्वभाव कँही कतै केही समस्या अबस्यै छ, त्यसैले मलाई म पार्टीगत राजनितिकोलागी योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले मानेन। यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिन। यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो ।
यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिन। अब धेरै साथीहरुलाई लाग्ला राजनितिमा प्रगति गर्न धैर्यता चाहिन्छ भनेर, आफ्नो प्रगती र उन्नतिको लागि राजनितिक पार्टीको प्रयोग सबैभन्दा ठूलो बेइमानी हो। हामिले आफ्नालागी केही मागेकै छैनौं भने धैर्यताको कुनै जरुरी छैन । बस् देश फेरिनु जरुरी छ, त्यसकालागि हामी फेरिनु आबस्यक छ। फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ।
सकारात्मक परिबर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: