Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काम नथाल्दै पुनर्निर्माण प्राधिकरण खारेज

\"govinda-pokharel\"काठमाडौं । विनाशकारी भूकम्प गएको एक सय ३२ दिन पुगेको छ । तर, सरकारले पुनर्निर्माणको काम अगाडि नबढाउँदा सयौँ भूकम्पपीडित बर्खामा पनि जोखिमयुक्त जीवन बिताउन बाध्य छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सरकारको गैरजिम्मेवारीले पुनर्निर्माण प्राधिकरण भने निष्क्रिय भएको छ । सरकारले भूकम्प गएको करिब दुई महिनापछि ७ असारमा अध्यादेशमार्फत भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण अगाडि बढाउन प्रधानमन्त्री अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो । सत्तासाझेदार दल कांग्रेस र एमालेबीचको विवादका कारण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) २८ साउनमा मात्रै नियुक्त गरिएको थियो । तर, सरकारले चासो नदिँदा अध्यादेश निष्क्रिय भएको छ । सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस नगर्दा पुनर्निर्माण प्राधिकरणको अस्तित्व नै समाप्त भएको छ । यससँगै प्राधिकरणले अहिलेसम्म गरेका सबै काम स्वतस् खारेज भएका छन् । प्राधिकरणको ८ भदौको पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्लामा प्राधिकरणको कार्यक्षेत्र तोकिदिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । १३ भदौमा अध्यादेश निष्क्रिय भएको हो । प्रधानमन्त्री सुशील कोइरालासहित मन्त्री, सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतक तथा सभासद्ले समेत अध्यादेश संसद्बाट पारित नगराउँदा पुनर्निर्माण प्राधिकरणको अस्तित्व समाप्त हुनेबारे चासो नै दिएनन् । प्रशासनिक नेतृत्वमा रहेका मुख्य सचिव डा। सोमलाल सुवेदीले पनि यो विषयमा चासो नदिँदा प्राधिकरण निष्क्रिय भएको छ । ‘भूकम्पपीडित कैयौँ पीडितले अझै पनि राहत पाएका छैनन् । विद्यालय भवन ध्वस्त भएकाले विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीलगायतको संवेदनहीनताले गर्दा पुनर्निर्माण नै अन्योलमा परेको छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘जननिर्वाचित सरकारको योभन्दा जनताप्रतिको गैरजिम्मेवारीपन के हुन सक्छ र ?’ संसद् बैठक नभएको वेला जारी गरिएको अध्यादेश संसद् बैठक सुरु भएको ६० दिनभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को चालू बजेट अधिवेशन १५ वैशाखबाट सुरु भएको हो । संसद्को १९ असारको बैठकको बहुमतले अध्यादेशलाई स्वीकृत गरेको थियो । सरकारले ७ साउनमा अध्यादेशको प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, विधेयक संसद्को बैठकमा पेस गर्न सरकारले कुनै चासो नदिएकाले अध्यादेश स्वतस् निष्क्रिय भएको हो । कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भएकोबारे केही थाहा नभएको बताए । ‘अध्यादेशलाई संसद्ले स्वीकृत गरेको हो, प्रतिस्थापन विधेयकबारे मन्त्रीहरूले छलफल गरिरहनुभएको जानकारी पाएको छु,’ श्रेष्ठले भने, ‘यसभन्दा बढी थाहा पनि छैन, बोल्न पनि चाहन्न ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending