Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सोमपाल कामीका बुवाआमा भारतको पञ्जाबमा अहिले के गर्दैछन् ?

खबरडबली संवाददाता

काठमाडौं । "मेरो छोराले हाम्रो इज्जत बढाएकोमा मलाई गर्व छ," यो भनाइ हो- नेपालको राष्ट्रिय क्रिकेट टोलीका एकजना चर्चित खेलाडी सोमपाल कामीकी आमा जुनादेवीको।

सोमपाल कामी नेपाली टोलीका चर्चित खेलाडी हुन् तर उनको बाल्यकाल भारतीय राज्य पञ्जाबको पटियाला जिल्लामा बितेको थियो।

सोमपालले पटियालाबाटै क्रिकेट खेल्न सुरु गरेका थिए। उनले हालै अमेरिकामा भएको पुरुष टी२० क्रिकेट विश्वकपमा नेपाली टोलीको सदस्यका रूपमा सहभागिता जनाए।

यो प्रतियोगितामा नेपाली टोली धेरै अगाडि बढ्न त सकेन तर नेपाली खेलाडीहरूले गरेको राम्रो प्रदर्शनले धेरैको ध्यान खिच्न सफल भयो।

सोमपालले आफ्नो प्राथमिक शिक्षा पटियालाको सरकारी विद्यालयबाट पूरा गरेका थिए र उनले त्यहीबाट क्रिकेट खेल्न थालेका थिए।

उनका आमाबुवा अहिले पनि पटियालामा नै छन्। उनको घर चाहिँ पश्चिम नेपालको गुल्मी जिल्ला हो।

बुवाआमाको खुसी

बीबीसी पञ्जाबीसँग कुरा गर्दै जुनादेवीले छोरालाई क्रिकेटर बनाउन आफूहरूले कडा मेहनत गरेको सुनाइन्। छोराले यतिखेर पाएको सफलताबाट उनी प्रसन्न छिन्।

यद्यपि अहिले पनि उनी पटियालास्थित एक चर्चित परिवारको घरमा काम गर्छिन् अनि आफ्ना पतिसँगै बस्छिन्।

सोमपालका मातापिता

जुनादेवीले भनिन्: "छोरा ठूलो भइसक्यो त्यसैले काम छाड्नुस् भनेर मानिसहरूले भन्छन् तर यो घरका लागि मैले धेरै मेहनत गरेकी छु। यसले हाम्रो भाग्य बदलेको छ यसलाई कसरी छाडेर जानु?"

छोरा अगाडि बढोस् भन्ने सपना साकार पार्न गरिब हुँदाहुँदै पनि आफूहरूले दिनरात मेहनत गरेको उनी बताउँछिन्। जुनादेवीका तीन भाई छोरामध्ये सोमपाल जेठा हुन्।

उनका अनुसार सोमपाल छ महिनाको हुँदा उनीहरू पटियाला गएका थिए। सोमपालले पटियालाकै एउटा सरकारी विद्यालयबाट प्राथमिक शिक्षा प्राप्त गरेका हुन्।

उनले स्कूलले जीवनमै क्रिकेट खेल्न सुरु गरेका थिए। जुनादेवीले बताएअनुसार सोमपाल दिनरात क्रिकेट खेल्थे। स्कूलबाट आएपछि उनी राति एक बजेसम्म सडकमा बलिङ गरिरहेका भेटिन्थे।

उनले आफूले गरिबीका कारण छोराको खेल्ने सपना साकार नहुने अवस्था नहोस् भनेर मानिसहरूका घरमा काम गर्न सुरु गरेकी बताइन्।

जुनादेवीको सपना आफ्नो छोरो ठूलो मान्छे बनोस् भन्ने थियो। पहिले उनको सपना सुनेर मानिसहरू हाँस्ने गर्थे तर अहिले त्यो सत्य साबित भएको छ।

भारतका लागि खेलेका सोमपाल

नेपाली राष्ट्रिय टोलीमा छनोट हुनुअघि सोमपाल कामीले भारतका लागि कैयौँ प्रतिष्ठित प्रतियोगितामा पनि भाग लिएका थिए।

सोमपाल

बीबीसी पञ्जाबीसँग कुरा गर्दै सोमपालका पिता रामबहादुरले आफू १२ वर्षको उमेरमा पटियाला आएको बताए।

सुरुमा उनले मानिसहरूका घर र होटलमा सुरक्षा गार्डका रूपमा काम गरेका थिए। त्यसपछि उनले पञ्जाब स्टेट पावर कर्पोरेशनमा जागिर पाए।

सन् १९९५ देखि रामबहादुरले आफ्नो परिवारसहित पटियालामा स्थायी रूपमा बसोबास गर्न सुरु गरे।

सोमपाललाई उनले सेनामा भर्ना गर्न चाहे तापनि सोमपालको रुचि भने क्रिकेटमा थियो। सोमपालले आफ्नो ठाउँ बनाएको र त्यसले आफू खुसी भएको उनी बताउँछन्।

रामबहादुर छोरालाई भेट्न हरेक वर्ष नेपाल आउने गर्छन्। उनी अवकासपछि सधैँका लागि नेपाल फर्किने बताए।
सोमपालको सफलताका लागि रामबहादुर र उनको परिवारले कडा मेहनत गरेका थिए।

उनी भन्छन्: "पैसा नभए पनि ऋण लिएरसमेत सोमपालको खेललाई निरन्तरता दियौँ। अहिले हाम्रो मेहनतले फल दिएको छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending