Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

खबरडबली संवाददाता

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।

गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । क्याम्पस प्रमुख कुशवाहाले दिएको जानकारी अनुसार प्रहरीले घटनाको मुख्य अभियुक्त तर्फ अनुसन्धान अगाडी बढाउने पर्ने थियो तर अपराधि समात्न नसक्ने प्रहरीले सर्वसाधारणलाई पक्राउ गरेर दुख दिन थालेको भन्दै स्थानीयले दुखेको पोखेका छन ।   

बाराको आदर्श कोतवाल गाउँपालिका– २ खजुरियाबाट मोटरसाइकलमा कलैया जाने क्रममा आदर्श कोतवाल गाउँ पालिका–३ बातरामा गोली प्रहार भएपछि क्याम्पस प्रमुख कुशवाहाले तत्कालै फोनबाट आफूमाथि गाउँकै सुरेन्द्र कुशवाहले गोली प्रहार गरेको भनेर प्रहरी र नातामा भाइ पर्ने शेखरलाई जानकारी गराएका थिए । ‘साँझ ५.१५ मा दाजुको मोबाइलबाट फोन आयो, शेखरले भने, एकदमै मलिन स्वरमा मलाई सुरेशले गोली हान्यो मात्रै भनेर फोन राख्नुभयो ।’ त्यसपछि आफूहरु आत्तिदै दौडेर घटनास्थलमा पुग्दा उहाँ लडिसक्नुभएको थियो ।’

मृतकले नै गोली प्रहार गर्ने मान्छेको नाम बताएको अवस्थामा प्रहरीले स्थानीय राजनीतिक अन्तरविरोधको प्रभावमा परेर एमाले कार्यकर्ताहरुलाई पक्राउ गरेर झुटा मुद्दामा फसाउने प्रयास गरेको आदर्श कोतवालका एमाले नेता लालबाबु यादवले बताए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँपालिकाका वडा नम्बर २ का पूर्ववडा अध्यक्ष एवं एमालेका कार्यकर्ता विनोद पटेलसहित पटेलका भाइ रामेश्वर, भतिजा सिकेन्द्र, नरेन्द्र र एमालेका कार्यकर्ताहरु बसन्त पासवान र अगन्धलाई पनि पक्राउ गरेको यादवले बताए ।

‘हत्या गर्ने मान्छे यकिन हुदाँहुदै पनि घटनामा संलग्न नै नभएका सर्वसाधारणलाई समात्ने काम भएको छ, यादवले भने, स्थानीय राजनीतिक द्वन्दको प्रभावमा परेर प्रहरी प्रशासन एमाले कार्यकर्तालाई छानिछानी झुटा मुद्दामा फसाउने प्रयासमा लागेको देखिन्छ ।’ उनले घटनापछि प्रहरीले गाउँमा निगरानी बढाएर पक्राउ गर्न थालेपछि दर्जनभन्दा बढी एमाले कार्यकर्ताहरु घर छोडेर अन्यत्र लागेको पनि जानकारी दिए ।

लालबाबुका अनुसार स्थानीय रमपत हजरा र रन्जित पण्डितको घर समेत तोडफोड र लुटपाट गरिएको छ । घटनालगत्तै हजराको घर तोडफोड गर्ने स्थानीयको समूहले पण्डितको घरमा भने शुक्रवार राती आक्रमण गरेर लुटपाट गरेको हो । सो समूहले पण्डित र उनको छोरामाथि कुटपिट पनि गरेको उनको भनाई छ । लुटपाटको घटनापछि च्युटाहाबाट पुगेको प्रहरी टोलीकै सामुन्नेमा उनीहरुमाथि कुटपिट गरिएको बताइएको छ ।

आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ स्थित खजुरियास्थित घरबाट मोटरसाइकलमा कलैयातर्फ फर्किदै गरेको अवस्थामा पडाडिबाट एउटा मोटरसाइकलमा आएका सुरेन्द्रसहित २ जनाले बतरा गाउँ नजिकको सडकमा क्याम्पस प्रमुख कुशवाहाको कोखमा सटाएर गोली प्रहार गरेको प्रतक्ष्यदशीहरुले बताएका छन । सोही क्रममा मोटरसाइकल रोकेर क्याम्पस प्रमुख कुशवाहाले फोनबाट कुरा गरेको प्रतक्ष्यदर्शी नरेश साहले बताए । ‘हामी सडक नजिकैको खेतमा काम गरिरहेका थियौं, साहले भने, एक्कासी मोटरसाइकलको टायर पड्केको जस्तो ठूलो आवाज आयो, उनले भने, गएर हेर्दा त माडसाबको शरीरबाट रगतको भल निस्किदै थियो ।’ गोली लागिसकेपछि पनि १०÷२० मिटर परसम्म मोटरसाकइल चलाएर जानुभएका कुशवाहाले त्यसपछि आफै ओर्लेर फोनमा कुरा गरेको आफूहरुले देखेको उनले सुनाए ।

नेपाली सेनाका पूर्व जनावसमेत सुरेन्द्रले गाउँमा तत्कालिन माओवादी र जनतान्त्रिक समूहसंग मिलेर एमाले कार्यकर्ता विनोदको परिवारका सदस्यहरुको पनि हत्या गरेको स्थानीयले बताएका छन । विनोदका भाइ भोलाको ०६२ सालमा र विनोदको काकाको छोरा सुरेशको ०७० सालमा सुरेन्द्रले नै गोली हानेर हत्या गरेको उनीहरुको भनाई छ ।

त्यतिबेला कुशवाहा परिवारसंग निकट सुरेन्द्र पछिल्लो पटक गाउँको जग्गा विवाद र मिटरब्याजी सम्बन्धि मुद्दामा उनीहरुबीच दुरी बढेको थियो । सुरेन्द्र मिटरब्याजमा पैसा लगानी गर्ने र सर्वसाधारणको जग्गा हडप्ने कार्यमा संलग्न थिए । गाउँकै सवा कठ्ठा जग्गाको स्वामित्वलाई लिएर क्याम्पस प्रमुख कुशवाहा र सुरेनद्रबीच विवाद बढेको स्थानीयको भनाइ छ ।

यसैबीच गाउँकै  एकजना पासवान थरका व्यक्तिलाई मिटरब्याजमा दिएको रकमको बारेमा जिल्ला प्रशासन कार्यालयले बोलाएर कारबाही शुरु गरेपछि सुरेन्द्र लुकिछिपी बस्दै आएका थिए । डेड÷दुई महिनादेखि गाउँमा नदेखिएका कुशवाहा घटनाको दिनमा गाउँबाट मोटरसाइकलमा क्याम्पस प्रमुखको पिछा गर्दै गएका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका विनोद पटेल वडा अध्यक्षमा निर्वाचित बनेका थिए भने गत निर्वाचनमा सो वडामा कांग्रेसका मनोज मेहता वडा अध्यक्षको चुनाव जितेका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खडकाले अनुसन्धानको क्रममा केही मान्छेहरुलाई नियन्त्रणमा लिएको भएपनि निर्दोष देखिए छोडिने बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको र चाढै नै अपराधि पक्राउ पर्ने बताए । 

फोटोमा घटनास्थल नजिकै रहेका आदर्श कोतवाल गाउँ पालिका–३ बातराका स्थानिय
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढी उपमहानगरले गर्‍यो नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत...

रास्वपा दाङको सभापतिमा खनाल विजयी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाच...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएको छन् ।  भारत भ्रमणमा रहेका मन्त्री ख...

बागमतीका ९ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, सभापतिमा महिला शून्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएका ९ वटै जिल्लामा...

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा ...

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेको छन्  । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्...

सुनको मुल्य तोलामा ८ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुप...

निर्माणाधीन इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध जाहेरी

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविर...

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भुजेल सभापतिमा...

रास्वपाको बागमतीमा ९ जिल्ला अधिवेशन सम्पन्न, कहाँ को विजयी भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट सम्बन्धित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending