Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बारा हत्या प्रकरण: घटनाको मुख्य अभियुक्ततर्फ अनुसन्धान अगाडी बढाउन प्रहरी असफल

खबरडबली संवाददाता

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।

गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । क्याम्पस प्रमुख कुशवाहाले दिएको जानकारी अनुसार प्रहरीले घटनाको मुख्य अभियुक्त तर्फ अनुसन्धान अगाडी बढाउने पर्ने थियो तर अपराधि समात्न नसक्ने प्रहरीले सर्वसाधारणलाई पक्राउ गरेर दुख दिन थालेको भन्दै स्थानीयले दुखेको पोखेका छन ।   

बाराको आदर्श कोतवाल गाउँपालिका– २ खजुरियाबाट मोटरसाइकलमा कलैया जाने क्रममा आदर्श कोतवाल गाउँ पालिका–३ बातरामा गोली प्रहार भएपछि क्याम्पस प्रमुख कुशवाहाले तत्कालै फोनबाट आफूमाथि गाउँकै सुरेन्द्र कुशवाहले गोली प्रहार गरेको भनेर प्रहरी र नातामा भाइ पर्ने शेखरलाई जानकारी गराएका थिए । ‘साँझ ५.१५ मा दाजुको मोबाइलबाट फोन आयो, शेखरले भने, एकदमै मलिन स्वरमा मलाई सुरेशले गोली हान्यो मात्रै भनेर फोन राख्नुभयो ।’ त्यसपछि आफूहरु आत्तिदै दौडेर घटनास्थलमा पुग्दा उहाँ लडिसक्नुभएको थियो ।’

मृतकले नै गोली प्रहार गर्ने मान्छेको नाम बताएको अवस्थामा प्रहरीले स्थानीय राजनीतिक अन्तरविरोधको प्रभावमा परेर एमाले कार्यकर्ताहरुलाई पक्राउ गरेर झुटा मुद्दामा फसाउने प्रयास गरेको आदर्श कोतवालका एमाले नेता लालबाबु यादवले बताए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँपालिकाका वडा नम्बर २ का पूर्ववडा अध्यक्ष एवं एमालेका कार्यकर्ता विनोद पटेलसहित पटेलका भाइ रामेश्वर, भतिजा सिकेन्द्र, नरेन्द्र र एमालेका कार्यकर्ताहरु बसन्त पासवान र अगन्धलाई पनि पक्राउ गरेको यादवले बताए ।

‘हत्या गर्ने मान्छे यकिन हुदाँहुदै पनि घटनामा संलग्न नै नभएका सर्वसाधारणलाई समात्ने काम भएको छ, यादवले भने, स्थानीय राजनीतिक द्वन्दको प्रभावमा परेर प्रहरी प्रशासन एमाले कार्यकर्तालाई छानिछानी झुटा मुद्दामा फसाउने प्रयासमा लागेको देखिन्छ ।’ उनले घटनापछि प्रहरीले गाउँमा निगरानी बढाएर पक्राउ गर्न थालेपछि दर्जनभन्दा बढी एमाले कार्यकर्ताहरु घर छोडेर अन्यत्र लागेको पनि जानकारी दिए ।

लालबाबुका अनुसार स्थानीय रमपत हजरा र रन्जित पण्डितको घर समेत तोडफोड र लुटपाट गरिएको छ । घटनालगत्तै हजराको घर तोडफोड गर्ने स्थानीयको समूहले पण्डितको घरमा भने शुक्रवार राती आक्रमण गरेर लुटपाट गरेको हो । सो समूहले पण्डित र उनको छोरामाथि कुटपिट पनि गरेको उनको भनाई छ । लुटपाटको घटनापछि च्युटाहाबाट पुगेको प्रहरी टोलीकै सामुन्नेमा उनीहरुमाथि कुटपिट गरिएको बताइएको छ ।

आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ स्थित खजुरियास्थित घरबाट मोटरसाइकलमा कलैयातर्फ फर्किदै गरेको अवस्थामा पडाडिबाट एउटा मोटरसाइकलमा आएका सुरेन्द्रसहित २ जनाले बतरा गाउँ नजिकको सडकमा क्याम्पस प्रमुख कुशवाहाको कोखमा सटाएर गोली प्रहार गरेको प्रतक्ष्यदशीहरुले बताएका छन । सोही क्रममा मोटरसाइकल रोकेर क्याम्पस प्रमुख कुशवाहाले फोनबाट कुरा गरेको प्रतक्ष्यदर्शी नरेश साहले बताए । ‘हामी सडक नजिकैको खेतमा काम गरिरहेका थियौं, साहले भने, एक्कासी मोटरसाइकलको टायर पड्केको जस्तो ठूलो आवाज आयो, उनले भने, गएर हेर्दा त माडसाबको शरीरबाट रगतको भल निस्किदै थियो ।’ गोली लागिसकेपछि पनि १०÷२० मिटर परसम्म मोटरसाकइल चलाएर जानुभएका कुशवाहाले त्यसपछि आफै ओर्लेर फोनमा कुरा गरेको आफूहरुले देखेको उनले सुनाए ।

नेपाली सेनाका पूर्व जनावसमेत सुरेन्द्रले गाउँमा तत्कालिन माओवादी र जनतान्त्रिक समूहसंग मिलेर एमाले कार्यकर्ता विनोदको परिवारका सदस्यहरुको पनि हत्या गरेको स्थानीयले बताएका छन । विनोदका भाइ भोलाको ०६२ सालमा र विनोदको काकाको छोरा सुरेशको ०७० सालमा सुरेन्द्रले नै गोली हानेर हत्या गरेको उनीहरुको भनाई छ ।

त्यतिबेला कुशवाहा परिवारसंग निकट सुरेन्द्र पछिल्लो पटक गाउँको जग्गा विवाद र मिटरब्याजी सम्बन्धि मुद्दामा उनीहरुबीच दुरी बढेको थियो । सुरेन्द्र मिटरब्याजमा पैसा लगानी गर्ने र सर्वसाधारणको जग्गा हडप्ने कार्यमा संलग्न थिए । गाउँकै सवा कठ्ठा जग्गाको स्वामित्वलाई लिएर क्याम्पस प्रमुख कुशवाहा र सुरेनद्रबीच विवाद बढेको स्थानीयको भनाइ छ ।

यसैबीच गाउँकै  एकजना पासवान थरका व्यक्तिलाई मिटरब्याजमा दिएको रकमको बारेमा जिल्ला प्रशासन कार्यालयले बोलाएर कारबाही शुरु गरेपछि सुरेन्द्र लुकिछिपी बस्दै आएका थिए । डेड÷दुई महिनादेखि गाउँमा नदेखिएका कुशवाहा घटनाको दिनमा गाउँबाट मोटरसाइकलमा क्याम्पस प्रमुखको पिछा गर्दै गएका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका विनोद पटेल वडा अध्यक्षमा निर्वाचित बनेका थिए भने गत निर्वाचनमा सो वडामा कांग्रेसका मनोज मेहता वडा अध्यक्षको चुनाव जितेका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक खडकाले अनुसन्धानको क्रममा केही मान्छेहरुलाई नियन्त्रणमा लिएको भएपनि निर्दोष देखिए छोडिने बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको र चाढै नै अपराधि पक्राउ पर्ने बताए । 

फोटोमा घटनास्थल नजिकै रहेका आदर्श कोतवाल गाउँ पालिका–३ बातराका स्थानिय
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending