Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

खबरडबली संवाददाता

काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी( २० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९।२ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्बाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए ।

यो जितपछि अफगानिस्तानले सुपर आठको समुह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अम्बे कोशी सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउन थाले

विराटनगर । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस...

सम्पत्ति विवादबारे गृहमन्त्री गुरुङको प्रतिक्रिया: इमान्दारीले कमाएको सम्पत्ति पाप होइन

काठमाडौं । सुधन गुरुङले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको बताएका छन्। आइतबार बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारका...

संसदीय अभ्यासबारे सभामुख अर्यालको पूर्वसभामुखहरूसँग छलफल

काठमाडौं । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यासका विषयमा छलफल गरेका छन्। उनले आइतबार देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर...

कांग्रेसको इतर समूहले भन्यो: भाषणबाट सदस्यता खारेज हुन सक्दैन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले आवेग वा भाषणका आधारमा खारेज गर्न नसक्ने स्पष्ट पारेको छ। निवर्तमान क...

ओलीको पित्तथैलीको शल्यक्रिया सफल, २२ एमएमको ढुंगा निकालियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ। डा। पलेस...

तनहुँका २२ वटै परीक्षा केन्द्रमा एसइईको उत्तरपुस्तिका परीक्षण सम्पन्न

तनहुँ। तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम...

सिंहदरबारभित्र इन्टरनेट सेवा सुधार गर्न निर्देशन

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अ...

सोमबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैय...

पूर्वप्रधानमन्त्री ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

काठमाडौं । केपी शर्मा ओली को आज काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मा पित्तथैलीको शल्यक्रिया हुने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक...

अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै निर्माण व्यवसायीद्वारा काम बन्द

पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विका...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending