Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

बास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारा स्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । 

यसै क्रममा महोत्सबको दोश्रो दिन शनिबार विभिन्न चलचित्रहरुको प्रदर्शन संगै बहस कार्यक्रम आयोजना गरियो । शनिबारको बहस कार्यक्रममा मिडियामा महिला कलाकारको स्थान बिषयमा छलफल गरियो ।

छलफल चलचित्र पत्रकार संघ नेपालका महासचीव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए । बहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका निशा देसार, संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठ सहभागी थिए । बहसमा महिला कलाकारहरुले मिडिया पाउने स्थान र मिडियाले बनाउने गसिपहरुको बारेमा चर्चा गरियो ।

कार्यक्रममा बाल्दै अभिनेत्री गौरी मल्लले आफुले सुरु सुरुमा काम गर्दा पत्रपत्रिकामा आएका समाचारले छुट्टै प्रभाव पर्ने गरेको स्मरण सुनाईन् । पहिलाको जस्तो मिडियाको महत्व र प्रभाव आजकाल कम भएको उनको कथन थियो,‘पहिलेको मिडिया र अहिले डिजिटलमा प्रबेश गरे पछि धेरै फरक भएको छ । यसको फाईदासँगै बेफाईदा पनि छन् ।’

कार्यक्रममा बोल्दै कलाकार सरिता लामिछानेले पहिले र अहिलेको मिडिया र कभरेज फरक परेको र अहिले भाइरलको पछि सबै लागेको र भाइरलले दिगो रुपमा कसैलाई फाइदा नपुग्ने बताइन् । भाइरल भन्दा यो क्षेत्रमा निरन्तर काम गरिरहेका कलाकारलाई मिडियाले स्थान दिनुपर्ने उनको सुझाब थियो ।

संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले आफुले मिडियामा काम गर्दै गर्दा आफुले चाहे अनुरुप कलाकार लाई स्थान दिन नपाइने र मिडियाको नीति अनुसार चल्नु पर्ने बताइन् । मिडियाले पनि पछिल्लो समय आफ्नो दायित्व विर्सन थालेको उनको कथन थियो ।

गायिका निशा देशारले मिडियाको प्रभाव निकै राम्रो हुने गरेको स्मरण सुनाईन् । आफुले दुई दशक अघि रेडियोमा उत्कृष्ट गायिकाको पुरस्कार जितेपछि आएको समाचारको आधारमा आफुलाई धेरैले बोलाएर गीत गाउने अबसर दिएको उनले सुनाए । सो बहस कार्यक्रममा नेपाली कलाकार र मिडियाको बिषयमा यस्तो किसिमको बहस  निरन्तर हुनु पर्नेमा सबैले जोड दिए ।

शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सबको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरेका थिए । उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधधमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा। मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

उद्घाटन समारोहमा सबैलाई स्वागत गर्दै महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपालमा अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव हुनुपर्छ भन्ने आश्यकता महसुश गरेर यो महोत्सब  सुरुआत गरेको बताए । महोत्सबमा राज्य पक्षबाट असहयोग हुने गरेको, महोत्सबमा निशुल्क देखाईने चलचित्रलाई समेत सेन्सर बोर्डले प्रदर्शनीको लागि अनुमति नदिने गरेको र राज्यले महोत्सबको लागि बजेट पटक्कै नछुट्याएको उनले बताए । महोत्सबबारे क्षत्रले भने्,‘आज १२ औँ संस्करणमा आइपुगेका छौँ ।  यस्ता महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिरहेका छौँ’,

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य, गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारती लगायत सहभागी हुनुहुन्थ्यो । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृतचित्तर्फ गणेश पाण्डेको संयोजकत्वमा भारतबाट राहुल वर्मा, बँगलादेशबाट एमडी शाहारिअर कमल, नेपालबाट राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

यस्तै, नेपाली चलचित्र र वृतचित्रतर्फ अभिनेता एवम् नाट्यकर्मी विरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल, ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति रहेको छ । यस्तै, नेपाली लघुचलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ सहभागी छन् । 

यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । 

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने जनाईएको छ । महोत्सबमा शुक्रबारबाटै तीन दिनसम्म एमआर्ट थिएटर कपनमा तिन दिनको विशेष अभिनय कार्यशाला पनि चलिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending