Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अाहा ! कति मनमोहक खयरको शयर !

\"khayar_chetraसुनेको धेरै, बुझेको केही र तर पुग्ने रहर मनमै सिमित रहेको ठाउँ थियो, मेरा निम्ति खयर क्षेत्र । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण खयर क्षेत्रमा जाने इच्छा धेरै पहिलेबाट भएपनि २०७२ को जनै पूर्णिमाले त्यहाँ पुग्ने अवसर सिर्जना गरिदियो । खोप्रा लेक, खयर भारानी ताल र त्यहाँबाट देखिने अनुपम दृष्यका बारेमा धेरै सुनेको थिएँ, त्यहाँको सुन्दरतालाई तस्विरमा नदेखेको भने होइन तर, स्वयम् त्यहाँ पुगेर त्यहाँको सौन्दर्यतासँग रमाउन, अनुभूत गर्ने र त्यही प्रकृतिसँग भलाकुसारी गर्न धेरै नै चाहना थियो ।  खयर क्षेत्रको सौन्दर्यताको बारेमा शब्दमा चर्चा सकिदैन तर जे होस् त्यहाँको बारेमा जे देखे, जे महसुस गरे त्यसका बारेमा केही कुरा उल्लेख गर्ने जमर्को मात्र गरेको छु । मान्छेको मृत्यू भएपछि मात्र स्वर्गीय आनन्द पाईन्छन भन्ने गरिन्छ तर लाग्छ हामीले जिउँदै स्वर्गीय आनन्द पायौ । पङ्तिकारसँगै जिल्लामा क्रियाशिल पत्रकारहरु घनश्याम खड्का, सन्तोष गौतम र कमल खत्रीको टीम जनैपूर्णिमाको अवसरमा खयर क्षेत्रमा पुगेको थियो । प्राकृतिक अनुपम सुन्दरताले भरिएको ठाउँ हो खयर क्षेत्र । छिन मै बादलले घुम्टो ओढाई दिने अनि छिनमै बादलले घुम्टो उघार्ने यहाँको विशेषता हो भन्दा फरक नपर्ला । भर्खर विवाह गरेकी दुलही जसरी लजाउछिन् खोप्रा लेक कयौ बेलामासम्म बादलुको घुम्टोमा लजाएर बस्थ्यो त अनि फेरी केही छिनका लागि घुम्टो खोल्दाको दृष्यले मोहित नै पार्दथ्यो । खोप्रा लेकबाट देखिने शिख, घार, घोरेपानी लगायतका गाउँ र विभिन्न हिमश्रृङ्खलाहरु, विशाल चरन क्षेत्रका दृष्यहरु प्रशंसा गर्न लायक थिए । पर्यटनको लागि प्रशस्त सम्भावना बोकेको खोप्रा क्षेत्रका एउटा सामुदायिक लज समेत स्थापना गरिएको रहेछ । लजबाट आएको आम्दानीले नागि र पाउद्वारमा रहको माध्यामिक विद्यालयमा प्रयोग गर्ने गरिदो रहेछ । सामुदायिक लज स्थापना भएपछि त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्नको लागि भने सुविधा भएको छ । लेकमा फुलेका विभिन्न प्रजातिका हरिया पहाडमा फुलेका ति फूलहरुले सुनमा सुगन्ध थप्ने काम गरेका छन् । झन्डै ३५ मिटरको उचाईमा रहेको खोप्रा लेकबाट हेर्दा पोखरा–जोमसोमको लागि उड्ने हवाईजहाँज पनि तल देखिने रहेछ, त्यो दृष्य झनै लोभलाग्दो । विहानी समयमा सूर्योदयसँगै देखिने हिमश्रृङ्खला र हरियाली पहाडले सबैको मन लोभ्याउने गर्छ । उच्च स्थानमा रहेको खोप्रा लेकमा बेनीबाट झन्डै एक दिनको पैदल यात्रामा पुगिदो रहेछ । हिमाली क्षेत्र भएकोले चिसोको कुरै नगरौ, त्यहि चिसोमा टेन्टमा बस्दा कति हो कति आनन्द । हामीले लजमा ठाउँ नभएकोले दुई रात टेन्टमै विताएका थियौ । \"khayar_chetra \"khayar_chetra \"khayar_chetraयो त भयो खोप्रा लेकको सौन्दर्यताको कुरा । जब खोप्रा लेकलाई छाडेर खयर भारानीको ताल तर्फ प्रस्थान गर्छौ, बाटोमा भेटिने दृष्यहरुले मानिसहरुलाई थप आकर्षण थप्ने गर्दछ । त्यहाँको मूख्य विशेषता भनेको हरिया र ठूला पहाडहरु नै हुन । त्यसमा थप सौन्दर्यता थप्ने काम गर्छन तिनै पहाडबाट झरेका झरनाहरुले । बाटोमा स–साना थुप्रै झरनाहरु देखिने गर्छन् । बादलले ढपक्क ढाक्दा ति ठाउँहरु घुम्टो ओढेकी बेहुली जस्तो देखिन्छन् भने जब बादलले आफ्नो घुम्टो झिक्दै प्रकृतिको दर्शन दिन्छ साँच्चै विवाहमा सजिएकी दुलही भन्दा पनि सयौ गुणा आकर्षक र सुन्दर लाग्छ । चौरी र भेडाहरुको चरनका लागि विभाजन गरिएका चरन खर्कहरुले पनि त्यहाँको सुन्दरतालाई थप बढाएका छन् । खयर भारानीको प्रचार प्रसार भएपनिसँगै रहेका काली भारानी र वर्षे भारानीको भने आवश्यक प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका छन् । झन्डै ४ हजार ६ सय ५० भन्दा धेरै उचाईमा रहेको खयर भारानीको थान र ताल  सुन्दर बराह हिमालको काँखमा पर्दो रहेछ । जब  खयर भारानीको तालमा पुगिन्छ तब बाटोमा जाँदा पाएको सबै दुख कष्ट भुलिन्छ । बाटो साह्ै उकालो र अप्ठेरो तर पनि त्यहाँ पुगेपछि देखिने आईसफल, सुन्दर ताल, हिमश्रृङखलाका दृष्यले सबै पीडा भुलिन्छ । कति बेलामा बादल लाग्छ कति बेला खुल्छ पत्तो नहुने । हेर्दा हेर्दै पानी पर्छ, बादल लाग्छ अनि फेरी सबै दृष्य खुल्छ । हामीले पनि झन्डै एक घण्टाको प्रतिक्षापछि भारानी तालको राम्रोसँग दृष्य अवलोकन गर्न पायौ । चारैतिर पहाड विचमा सानो उपत्यका अनि त्यहि उपत्यकामा सुन्दर ताल, एक छेउमा खयर भारानीको थान अति सुन्दर देखिने । हरियो डाँडा र पहाडको वीचमा सफा र स्वच्छ तालले प्राकृतिक सौन्दर्यता छरिरहेको छ । त्यहाँबाट बराह हिमाल, धौलागिरी र अन्नपूर्ण लगायतका हिमालहरुको अवलोकन गर्न पाईने रहेछ । खयर भारानीको पर्यटनसँगैसँगै धार्मिक महत्व पनि त्यत्तिकै छ । मान्छेले चाहेका र मागेका कुरा पुरा हन्छ भन्ने धार्मिक मान्यता समेत रहेछ । एक जना धार्मिक व्यक्ति पनि भेटीए त्यहाँ जसले आफूले मागेको कुरा पूरा भएकोले अमेरिकाबाट सिधै भारानी थानमा आएका भाकल पूरा गर्नलाई । ५ सय देखि १ हजारसम्म मानिसहरुको भिड हुँदो रहेछ । मान्छेहरुले विभिन्न दुख कष्ठ झेलेर पनि त्यहाँ पुग्ने गर्छन । तर पनि यतिका धेरै धार्मिक र पर्यटकीय महत्व हुँदा हूदै पनि खयर क्षेत्रको आवश्यक प्रचार प्रसार भने हुन सकेको छैन । बाह्य पर्यटकहरु जाँदा छालाका सामानहरु लैजाने, मादक पदार्थहरु सेवन गर्ने जस्ता क्रियाकलाप गर्दा त्यहाँ अनिष्ट हुने भएकाले धेरै प्रचार गरेका छैनौ भन्छन् स्थानीयहरु । जे होस् पर्यटन तथा धार्मिक पर्यटनको रुपमा सम्भावना बोेकेको यस क्षेत्रलाई उजागर गर्ने हो भने गाउँ, जिल्ला र देशलाई नै यसले फाइदा हुने देखिन्छ । हालसम्म धार्मिक आस्था बोकेका पर्यटकमात्र सो ठाउँमा पूजा आजाका लागि जाने गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण खयर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्नु सबैको लागि उत्तम हुन देखिन्छ । त्यहाँको सौन्दर्यताको बारेमा धेरैले सोध्छन तनर मैले भन्ने गरेको छु खयर क्षेत्र शब्दमा व्यक्त गर्नै सकिदैन.........।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending