Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अख्तियारकाे हेटौंडा कार्यालयमा उजुरीको चाङ

खबरडबली संवाददाता

मकवानपुर । सेवा प्रवाह र कार्य प्रणालीमा पारदर्शिता नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा उजुरीको चाङ बढ्दो छ । कार्यालयमा दैनिक औषत २०० वटासम्म उजुरी पर्ने गरेका छन् ।

मकवानपुरको १० वटै पालिका मध्ये सबै भन्दा बढी उजुरी हेटौडा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म हेटौडा उपमहानगरपालिकाको उजुरी १८५ वटा परेको हो ।

अख्तियार हेटौडा कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सिडिइ सुरेन्द्र घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षको दायित्व सारिएको ११३ समेत हेटौंडा उपमहानगरपालिकाको उजुरी संख्या २५८ पुगेको हो ।

हेटौडा उपमहानगरपालिकापछि सोही अवधीमा मकवानपुरगढी गाउँपालिकाको ३४ उजुरी परेकोमा अघिल्लो आवको समेत १९ गरी ५५ वटा उजुरी रहेको घिमिरेले बताए । यसैगरी चालु आवको जेठ मसान्तसम्म मकवानपुरको इन्द्रसरोवर र कैलाश गाउँपालिकाको ४–४ वटा उजुरी परेको छ भने कैलाशको अघिल्लो आवको ५ दायित्व सारिएपछि ९ उजुरी रहेको छ । तर इन्द्रसरोवरको अघिल्लो आवको दायित्व सरेर चालु आवमा एउटा पनि उजुरी आएको छैन ।

यस्तै मनहरी गाउँपालिकाको २७, बकैया गाउँपालिका र थाहा नगरपालिकाको १४–१४, राक्सिराङ्ग गाउँपालिकाको ११ भीमफेदी गाउँपालिकाको १० र बागमती गाउँपालिकाको ८ वटा उजुरी रहेका छन् । उनको अनुसार ती पालिकाहरुमा अघिल्लो आवबाट क्रमशः १०, १२, ५, ११, ५ र ३ उजुरी दायित्व सरेर आएको छ ।

यस्तै हेटौडाको फर्छ्यौट उजुरी १७९ वटा बाँकी ११९ वटा उजुरी रहेका छन् भने मकवानपुरगढीको ३९ वटा फर्छ्याौट हुँदा १४ वटा बाँकी रहेको छ । थाहानगरको १६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा बाँकी, राक्सिराड्डको ११ वटा फर्छ्यौट हुँदा ११ वटै वटा उजुरी फर्छ्यौट बाँकी रहेको छ । भीमफेदीको ६ वटा फर्छ्यौट हुँदा ९ वटा फर्छ्यौट बाँकी रहेको छ ।

बागमतीको ५ वटा फर्छ्यौट भएकोमा ६ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।कैलाशको ६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा फर्छ्यौट हुन बाँकी रहेको देखिन्छ । इन्द्रसरोवरको ३ वटा उजुरी फर्छ्यौट भएकोमा १ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।

यसैगरी अख्तियारको हेटौडा कार्यालयमा सबै भन्दा बढी बारा जिल्लाको उजुरी दर्ता भएको छ । बारा जिल्लाको चालु आवको जेठ मसान्तसम्म ५८७ वटा उजुरी दर्ता भएका छन् । 

यसैगरी अघिल्लो आवको दायित्व सरेर २०१ आएको गरी ७८८ उजुरी बारा जिल्लाको देखिन्छ । यस्तै रौतहट उजुरी पर्ने गरेको आधारमा दोस्रो जिल्ला रहेको छ । रौतहटमा जेठ मसान्तसम्म ४८४ उजुरी दर्ता भएको छ । अघिल्लो आवबाट सरेर आएका १९९ वटा उजुरी समेत गरी रौतहटको उजुरी संख्या ६८३ रहेको छ ।

यस्तै अख्तियारमा पर्सा जिल्लाको ४३४ उजुरी जेठ मसान्तसम्म दर्ता भएका छन् । गत आवको दायित्व सरेर आएका १७३ समेत गरी पर्सामा ६०७ उजुरी दर्ता भएका हुन् । मकवानपुर जिल्लाको जेठ मसान्तसम्म ३११ उजुरी परेको छ ।

गत आवबाट १८३ उजुरी दायित्व सरेर आएको समेत गरी यो संख्या ४९४ रहेको छ । चितवनको जेठ मसान्तसम्म १८१ उजुरी दर्ता भएकोमा गत आवबाट १८१ दायित्व सरेर आएको छ । यस्तै दोलखाको ४० धादिङको २३ काभ्रेपलाञ्चोकको २२ नुवाकोटको १७ रसुवाको ८ सिन्धुपाल्चोकको ५ रामेछापको ४ वटा उजुरी अख्तियारको हेटौडामा दर्ता भएको छ ।

बारा जिल्लाको गत आवको समेत गत जेठ मसान्तसम्म ४३६ उजुरी फर्छ्योट भएकोमा ३५२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । रौतहटको ३८१ उजुरीको फर्छ्यौट हुँदा ३०२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । पर्साको ३८२ वटा फर्छ्यौट हुँदा २२५ वटा उजुरी बाँकी रहेको तथ्याङले देखाउँछ । जेठ मसान्तसम्म मकवानपुरको ३०५ उजुरी फर्छ्यौट हुँदा १८९ उजुरी बाँकी रहेको छ ।

यस्तै चितवनको १४७ फर्छ्यौट १२१ उजुरी बाँकी, दोलखा २८ फर्छ्यौट १२ उजुरी बाँकी, धादिङको १० फर्छ्यौट १३ उजुरी बाँकी, काभ्रेको १८ फर्छ्यौट ४ उजुरी बाँकी, नुवाकोटको १६ फर्छ्यौट १ उजुरी बाँकी, रसुवाको ७ फर्छ्यौट १ उजुरी बाँकी, सिन्धुपाल्चोकको ४ फर्छ्यौट १ उजुरी बाँकी र रामेछापको १ फर्छ्यौट ३ उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार हेटौडाले प्रस्तुत गरेको तथ्याङमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending