Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याउने बताएका छन् ।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार  प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा उनले योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गरे ।

व्यायामले शरीर र स्वस्थ मानसिकता एवम् निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको उनले औँल्याए ।

स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने स्मरण गर्दै गृहमन्त्री लामिछानेले भने, “योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौँ, हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौँ, हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शारीरिक स्वास्थ्य देश र समाजका लागि महत्त्वपूर्ण हुन्छ । स्वस्थ मानसिकताका साथ अगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।”

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरुस्त हुन जरुरी रहेको बताए ।

प्रहरी सङ्गठनको प्रत्येक व्यक्तिको निर्णय महत्त्वपूर्ण हुने बताउँदै उनले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने बताए । 

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्त्वपूर्ण हुने बताए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरका माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको अनुभूति गरेको बताए । उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायक सिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थ...

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE