Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

खबरडबली संवाददाता
भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिए। 
 
गाउँपालिकाको रु १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताए । उनका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् । सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उनले बताए। 
 
पोखरी निर्माणपछि यहाँका सुक्खाग्रस्त क्षेत्रका करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सिँचाइको सुविधा पुग्नेछ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्जमा पनि सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । “पोखरी निर्माणपछि सिँचाइसँगै अन्य उपयोगका लागि पनि गर्न सकिन्छ”, उनले भने। उहाँका अनुसार सबै टोलमा रु एक करोड बराबर लगानीमा  पोखरी निर्माणको उद्देश्य लिइएको छ । 
 
यहाँका सिक्रेटार, पीपलटार, जगरे खिसु, गौरालगायत क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छन । सिँचाइको व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागनफ्रुट, रुद्राक्ष तथा तरकारीको व्यावसायिक खेती गर्न सकिने स्थानीय किसान केदारप्रसाद अधिकारीले बताए । एक टोल एक सिँचाइ पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उनको भनाइ छ ।
 
पोखरी निर्माणले स्थानीयलाई तरकारीखेतीका लागि सहज भएको स्थानीय हेमचन्द्र अधिकारीले बताए । उनले आफूले पनि पोखरीको पानी प्रयोग गरेर  तरकारीखेती गरिरहेको र सहज भएको बताए। “सिँचाइका लागि पर्याप्त पानी नहुँदा बसाइँसराइ बढ्दो थियो, अब यो क्रम रोकिन्छ कि भन्ने आशा छ”, उनले भने ।
 
जलवायु परिवर्तनका कारण देखिएका असरको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिँचाइ पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको सो वडाका सचिव अशोक अधिकारीले बताए। यो कार्यक्रमले भविष्यका लागि ठूलो लाभ पुग्ने उनको विश्वास छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

मधेश केन्द्रित नेताहरूसँग संवादमा रवि, आजपा अध्यक्ष साहसँग पनि भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ।  सभापति लाम...

धुम्बाराहीमा कांग्रेस संस्थापनइतर समूहको भेला, कुन- कुन नेता सहभागी भए ?

काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

भक्तपुर र महोत्तरीमा सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु

काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच भेट

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending