Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । 

सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे। राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे। गाउँघरमा प्रतिबोतल रु दुई हजार खरिद बिक्री हँदै आएको छ । राई एक याममा रु चार लाखभन्दा बढी कमाउन सफल भएको छन् । राईका अनुसार वर्षमा दुई याम भिर मौरीको महको सिकार गरिन्छ । वर्षमा करिब रु पाँचदेखि सात लाख भिर मौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ ।

उनले घर मौरीसमेत पालन गर्नुभएको छ । उनले आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गरेको छन् । उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल उत्पादन गर्दै आउनुभएको छ । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब रु छ लाख आम्दानी हुन्छ । 

भिर मौरी सिकार गर्नका लागि प्रतिघार रु दुई हजार सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पाइने राईले बताए। याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भिर मौरीको मह सिकार भएको सिरिजङ्घा गाउँपालिका–८ स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले बताए।  

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा ९सेप्टी०, सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदिनका दर्जन बढी भिरमा वर्षौंदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । 

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए  । 

उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र  फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ । 

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ–६ लेलेपदेखि भिर मौरीको मह आउने गरेको छ । कोसेली घरमा प्रतिबोतल रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म खरिद बिक्री हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार गत २०७९÷८० को आवमा पाँच हजार किलो भिर मह सङ्कलन भएको तथ्याङ्क रहेको छ । सो बराबर मह सङ्कलन हुँदा रु दुई हजार रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए। पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिर मौरी मासिँदै गएको फक्ताङलुङ–६ का स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए । 

“पहिले पहिले एउटै भिरमा नौ÷दश पोला मैरी हुन्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भिर मौरी सङ्कटमा पर्दै गएको लिम्बूको भनाइ छ । 

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ सङ्कटमा पर्न पुगेको स्थानीयको भनाइ छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असार गरी दुई पटक भिर मौरीको मह सिकार गर्ने गरिँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले नेपाल लागि भ्रमणमा सतर्कताको तह घटायो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...

अपरेशन गरेर पित्तथैलीको पत्थरी निकाल्ने ओलीको चाहनापछि छलफल गर्दे चिकित्सक

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...

संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...

एमालेको संसदीय दल नेतामा नेम्वाङको दाबी

काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...

च्यासलमा एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...

सात वर्षदेखिको सास्ती घटाउन दाउन्नेमा अनुगमन

पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...

अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार, लेखन कार्य सुरु

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...

नेपालगन्ज नाकाबाट ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...

धनकुटामा लागुऔषध सेवन र कारोबार बढ्दै

धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending