Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङका भिर मौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन् । सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भिर मौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन् । 

सिरिजङ्गा गाउँपापिलका—८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे। राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे। गाउँघरमा प्रतिबोतल रु दुई हजार खरिद बिक्री हँदै आएको छ । राई एक याममा रु चार लाखभन्दा बढी कमाउन सफल भएको छन् । राईका अनुसार वर्षमा दुई याम भिर मौरीको महको सिकार गरिन्छ । वर्षमा करिब रु पाँचदेखि सात लाख भिर मौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ ।

उनले घर मौरीसमेत पालन गर्नुभएको छ । उनले आनुधिक प्रविधिका ३० घारमा मौरी पालन गरेको छन् । उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल उत्पादन गर्दै आउनुभएको छ । राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब रु छ लाख आम्दानी हुन्छ । 

भिर मौरी सिकार गर्नका लागि प्रतिघार रु दुई हजार सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भिर मौरीको सिकार गर्न पाइने राईले बताए। याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भिर मौरीको मह सिकार भएको सिरिजङ्घा गाउँपालिका–८ स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले बताए।  

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा ९सेप्टी०, सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ ।

प¥याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । याम्फुदिनका दर्जन बढी भिरमा वर्षौंदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । 

भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए  । 

उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र  फुङ्लिङ बजार हो । फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ । 

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ–६ लेलेपदेखि भिर मौरीको मह आउने गरेको छ । कोसेली घरमा प्रतिबोतल रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म खरिद बिक्री हुँदै आएको छ । डिभिजन वन कार्यालयका अनुसार गत २०७९÷८० को आवमा पाँच हजार किलो भिर मह सङ्कलन भएको तथ्याङ्क रहेको छ । सो बराबर मह सङ्कलन हुँदा रु दुई हजार रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए। पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भिर मौरी मासिँदै गएको फक्ताङलुङ–६ का स्थानीय तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए । 

“पहिले पहिले एउटै भिरमा नौ÷दश पोला मैरी हुन्थ्यो”, उनले भने, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भिर मौरी सङ्कटमा पर्दै गएको लिम्बूको भनाइ छ । 

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ सङ्कटमा पर्न पुगेको स्थानीयको भनाइ छ । उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँधौलीको समयमा जेठ–असार गरी दुई पटक भिर मौरीको मह सिकार गर्ने गरिँदै आएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

७२ वर्ष पुगेँ, अझै केही वर्ष सक्रिय राजनीतिमा रहन्छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...

विश्वकप अभ्यास: लागातार दोस्रो खेलमा नेपाल विजयी: आरिफको अर्धशतक, सन्दीपले लिए तीन विकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...

चीन र अल्जेरियाबिच अन्तरिक्ष सहकार्य: नयाँ उपग्रह प्रक्षेपण

जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...

कर्णाली करिडोरको हिउ सफा गरेपछि सडक सुचारु

हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...

विकासको रोडम्याप लिएर पोखरेल मतदाताको घरमा

दाङ। मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का ...

नमूना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठुलो

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेक...

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE