Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छः संयोजक राई

खबरडबली संवाददाता

काठमाडौं। चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले चलचित्र निर्माण अघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।  अध्यायन र अनुसन्धान सहित निर्माण भएको चलचित्रको बजार प्रवद्र्धनमा सजिलो हुने उनको धारणा रहेको छ ।

शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवद्र्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह–आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवद्र्धन बजारीकरण विषयक अन्तर्कृयामा बोल्दै राईले यस्तो धारणा राखेका हुन् ।

चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवद्र्धनको लागी समिती गठन भैसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने दावी गरे । ‘आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरुसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने, उनीहरुको भाषा कला, साहित्य र संँस्कृतिमा आच आउने कुरामा ध्यान दिनपर्छ ।’ चलचित्र मार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले  जोड दिए ।

कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले आफुहरुको भाषा नै नेपालको मुल भाषा भएको बताए । उनले आदीवासीका भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको रहेको बिचार राखे । 

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवद्र्धनमा विशेष योगदान पुर्याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको आरोप लगाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending