काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्र निर्माणका विषयमा राज्य अल्मलिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक दृष्टिकोणका सम्बन्धमा राज्य अल्मलिएको बताएका हुन् ।
सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आउँदो आर्थिक वर्षको बजेटको आलोचना गरिरहेका उनले उल्लेख गरे । ‘नागरिकले बजेटबाट के आशा राख्ने ?’ भन्दै उनले प्रश्न गरे ।
उनले १२ खर्बको राजस्व र १८ खर्ब रुपैयाँको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए । सत्तापक्षका मानिसका कुरा सुन्दा केही समयपछि सरकार भताभुंग हुने हो कि भन्ने देखिएको पनि उनले बताए ।
कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवाद कार्यक्रममा उनले व्यक्त गरेको भनाइ
अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्नेबित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मलिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ, तर राज्य अल्मलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर, सरकारमै बसिरहेका पार्टीहरू, उनकै नेताहरू, नेताहरू पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरूले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मलिएको छ । हरेक वर्ष तपाईं, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशाभन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ नेपालमा । बजेटमाथि यति ठूलो आक्रमण छ कि अहिले, बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा रु सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरू हेर्दाखेरि । यतै अल्मलिने वा केही समयपछि यो सरकार पनि भताभुंग हुन्छ कि भनेको जस्तो देखिन्छ, सरकारमै बसेका मान्छेहरूको कुरा गर्दा । हामीले भनेको के हो भने राज्य कम्तीमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरूलाई, पार्टीहरूलाई पनि आर्थिक विषयमा केन्द्रित गरेर छलफल गरिदिए हामी पनि भाग लिन चाहन्थ्यौँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: