Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकार भताभुंग हुन्छ कि जस्तो देखिन्छः विप्लव

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्र निर्माणका विषयमा राज्य अल्मलिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक दृष्टिकोणका सम्बन्धमा राज्य अल्मलिएको बताएका हुन् ।

सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आउँदो आर्थिक वर्षको बजेटको आलोचना गरिरहेका उनले उल्लेख गरे । ‘नागरिकले बजेटबाट के आशा राख्ने ?’ भन्दै उनले प्रश्न गरे ।

उनले १२ खर्बको राजस्व र १८ खर्ब रुपैयाँको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए । सत्तापक्षका मानिसका कुरा सुन्दा केही समयपछि सरकार भताभुंग हुने हो कि भन्ने देखिएको पनि उनले बताए ।

कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवाद कार्यक्रममा उनले व्यक्त गरेको भनाइ 
अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्नेबित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मलिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ, तर राज्य अल्मलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर, सरकारमै बसिरहेका पार्टीहरू, उनकै नेताहरू, नेताहरू पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरूले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मलिएको छ । हरेक वर्ष तपाईं, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशाभन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ नेपालमा । बजेटमाथि यति ठूलो आक्रमण छ कि अहिले, बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा रु सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरू हेर्दाखेरि । यतै अल्मलिने वा केही समयपछि यो सरकार पनि भताभुंग हुन्छ कि भनेको जस्तो देखिन्छ, सरकारमै बसेका मान्छेहरूको कुरा गर्दा । हामीले भनेको के हो भने राज्य कम्तीमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरूलाई, पार्टीहरूलाई पनि आर्थिक विषयमा केन्द्रित गरेर छलफल गरिदिए हामी पनि भाग लिन चाहन्थ्यौँ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending