काठमाडौं। चालू वर्षका लागि लिइएको राजश्व सङ्कलनको लक्ष्य नभेटिने देखिएको छ । जेठ मसान्तसम्मको अवधिमा उठेको राजश्वको गतिले चालू वर्षका लागि लिइएको बजेटको सुरुवाती छाडेर संशोधित लक्ष्य नै नभेटिने निश्चित भएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्म (जेठ ३२) को अवधिमा ९ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा कर, गैह्रकर राजश्व र अन्य आम्दानी तथा अनुदानसहित गरी यो रकम सङ्कलन भएको हो ।
चालू वर्षका लागि बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएका थिए । यसलाई अर्धवार्षिक समीक्षामार्फत १२ खर्ब ५३ अर्ब रुपैयाँमा झारिएको थियो ।
चालू वर्षका लागि लिइएको सुरुवाती लक्ष्यअनुसार १४ खर्ब २२ अर्ब राजश्व सङ्कलन हुन बाँकी १ महिनाको अवधिमा ४ खर्ब ८० अर्ब रुपैयाँ उठ्नुपर्छ । जुन सम्भव नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत घटाइएको थियो ।
यस्तै संशोधित लक्ष्य १२ खर्ब ५३ अर्ब रुपैयाँको लक्ष्य भेट्न समेत ३ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी राजश्व एक महिनामा उठाउनुपर्छ । यो समेत सम्भव नहुने देखिन्छ । चालू आर्थिक वर्ष सकिनलाई असार महिना मात्रै बाँकी छ । पछिल्ला ११ महिनामा सरदर प्रतिमहिना ८५ अर्ब रुपैयाँ राजश्व उठेको देखिन्छ ।
आर्थिक वर्षको अन्त्य र त्रैमासको अन्त्य समेत भएकाले असार महिनामा अघिल्ला महिनाको तुलनामा राजश्व सङ्कलन दर बढे पनि संशोधित लक्ष्य नै भेट्न सकिने छाँट देखिँदैन । महालेखाका अनुसार राजश्व लक्ष्य अनुसार नउठेपछि सरकारको बजेट घाटा समेत चुलिएको छ ।
जेठ मसान्तसम्मको अवधिको तुलना गर्दा सरकारको खर्च ११ खर्ब ७९ अर्ब रुपैयाँ छ । यसअनुसार बजेट घाटा २ खर्ब ३७ अर्ब छ । बजेटमार्फत सरकारले गरेको राजश्व आम्दानी र खर्चको हिसाबकिताब नमिल्दा बजेट घाटा उच्च हुँदै गइरहेको हो ।
तथ्याङ्कअनुसार चालू खर्च ८ खर्ब २१ अर्ब रुपैयाँ छ भने पुँजीगत खर्च १ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित छ । यस्तै वित्तीय खर्च २ खर्ब २३ अर्ब छ । सरकारको लक्ष्य अनुसार पुँजीगत ९विकास० खर्च नहुँदा राजश्व सङ्कलन समेत प्रभाव पर्दै आएको निजी क्षेत्र बताउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: