Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जब सांसदले बोल्दै गरेको रोस्टम नै विदेशी काठबाट बनेको भनेपछि...

‘हरियो वन नेपालको धन’ भन्ने नारा नारामै समित

खबरडबली संवाददाता

काठमाडौं । स्वदेशी काठ उत्पादन र बिक्रीवितरणमा विद्यमान नीतिगत झन्झटप्रतिको आक्रोश सर्वसाधारणले पोख्दै आएको धेरै भयो । शुक्रबार भने सांसदहरुले नै सदनमा त्यस्तै आक्रोश पोखेका  छन् ।

प्रतिनिधिसभा बैठकमा हाल विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सोही क्रममा सांसद देवप्रसाद तिमिलसेनाले भने, “नेपालको जस्तो गुणस्तरीय काठ कही छैन् भनेर सबैले कुरा गर्नुहुन्छ । तर अहिले मैले बोल्दै गरेको रोष्टम पनि विदेशबाट ल्याएको हो कि जस्तो लाग्छ । नेपालमा उत्पादन हुने काठ सबै स्वदेशी काठ डढेलोमै डढाउने हो त ?”

उनले नेपालमा उत्पादन भएको काठ नेपालमै खपत गर्न र वनजङ्गलमा लाग्ने डढेलो नियन्त्रण गर्न उचित नीतिगत व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए । “बर्सेनि खर्बौँ रुपैयाँको काठ वनमा डढेर, कुहिएर गइरहेको छ । यसपाली पनि ठूलोमात्रामा काठ डढेर गयो । खै त्यतातिर सरकारको ध्यान । त्यसैका लागि यो सरकार हो । मेरो एउटा आग्रह पनि छ । वन क्षत्रेलाई जनताको आम्दानीसँग जोडन सकिन्छ ।  स्वदेशी काठ समयमा किन्न पनि पाइँदैन । यसबारेमा कहिले कानुन बनाउने हो”, सांसद तिमलसेनाले भने ।

‘हरियो वन नेपालको धन’ स्थापित लोकप्रिय नारा हो । नेपालले पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल गर्नुका साथै ४५ प्रतिशत वन क्षेत्र बनाइसकेको छ । तर विडम्बना मुलुकभित्रको काठ वनमा कुहिँदै आएको छ भने विभिन्न मुलुकबाट  विदेशबाट काठ आयात हुँदै आएको छ ।

सांसद उर्मिला माझीले पनि हरियो वन नेपालको धन भनेको धेरै भयो, तर त्यसलाई धनमा परिणत गर्ने दिशामा ठोस काम नभएको बताइन् । नले भनिन्, “सालका रुख छुनै नपाउने नीतिले गर्दा बूढा पुराना सालका रुखले स्थानीयका घर, बाटोमा कति बेला ढलेर क्षति पुर्याउने हो भन्ने त्रास सिर्जना भएको छ । त्यस्ता रुखहरु अनुगमन गरी काटन पाउने सहज व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

मलेसियालगायत विदेशबाट सालका काठ आयात गर्दा विदेशी मुद्रा पलायन भइरहेको उल्लेख गर्दै सांसद माझीले नीतिगत झण्झटताका कारण नेपालमा भएका सालका काठ उपयोग गर्न नसकिएको बताइन । यसलाई वृक्षरोपण र कटानको उपयुक्त विधि बनाएर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो ।

साथै उनले बर्सेनि लाखौँ सालका रुखहरु डढेलोबाट नष्ट हुँदै आएकाले डढेलो नियन्त्रणमा विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् । सांसद माझीले जलवायु परिवर्तनले निम्त्याएको असरले नेपालजस्ता देश आक्रान्त भएको बताउँदै त्यसलाई न्यूनीकरण गरी नेपालले भोगेका समस्याको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय जगतमा निरन्तर दबाब सिर्जना गर्नु आवश्यक रहेकामा जोड दिइन् ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेसका जङ्गलमा दुई सयदेखि पाँच सय वर्ष पुराना सालका रूख छन् । जबकी सालको रूखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो ।

सांसद रुपा विकले मानव र वन जङ्गलको सम्बन्ध अन्योन्यास्रित रहेको बताउँदै हाल कायम रहेको ४५ प्रतशित वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोडनका लागि आवश्यक नीतिका बारेमा औँल्याईन् । हरियो वन नेपालको धन नारा कार्यान्वयन गर्न वनजन्य र नदीजन्य सामग्रीको दिगोरुपमा उपयोग गर्ने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिँदै उनले भनिन्, “यी सामग्री हामीले कति प्रयोग गर्न पाएका छौँ । यसको संरक्षणमा भूमिका कस्तो छ । हेर्दा नमिलेको जस्तो देखिएको छ । मौजुदा वन, कृषि र भूमिसम्बन्धी ऐन समयसापेक्ष परिमार्जन गर्न आवश्यक छ ।”

सांसद विकले विद्यमान केही कानुनी प्रावधान विकास, मानव, र व्यवहारमैत्री नभएको देखिएकाले कही विकास विरोधी, कही मानव विरोधी, कही समुदाय विरोधीको आरोप लागिरहेको बताईन् । “त्यही भएर पहिलो नीतिगत सयमसापेक्ष संशोधन गर्नुको विकल्प छैन । यो परिमार्जन गरिएन भने निकुञ्ज र समुदायबीचको द्वन्द्व नियन्त्रण हुदैन । बजेटमा यो विषय आएको देखिएन”, उनले भनिन् ।

त्यस्तै सांसद प्रभु साहले जङ्गली जनावरबाट भएको क्षतिका लागि प्रभावित स्थानीयलाई बजेट नछुट्याइएको बताउँदै सरकारको ध्यानाकर्षण गराए । साथै उहाँले जङ्गलको सदुयोगको नीति के छ भनी सरकारलाई प्रश्न गर्दै भने, “स्वदेशी काठ बर्सेनि कुहिएर जाने, विदेशी काठको नेपालमा बजार बढ्दै जाने, यो दुभाग्र्यपूर्ण स्थितिको अन्त्य कहिले हुन्छ । वनजन्य सामग्रीको सदुपयोग नीति के हामी जान्न चाहन्छौँ ।”

सरकारले आगामी आवको बजेटमा वन पैदावार सङ्कलन, बिक्रीवितरण तथा ओसारपसारलाई राष्ट्रिय एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । साथै वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको उल्लेख छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । शुक्रबार वन तथा वातावरणलगायत चार मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल भएको हो ।

गत आवमा साढे छ अर्बको काठ आयात

वन नीति, २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको भए पनि बर्सेनि अर्बांै रुपैयाँको काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ । वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा रहेका भए पनि कानुनी झन्झटता कारण ती रूख सडेर खेर गइरहेका छन् ।

मुलुकको आवश्यकतानुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा रु दुई अर्ब ३३ करोड, २०७८/७९ मा रु सात अर्ब ९९ करोड र २०७९/८० मा रु छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट काठका गोलिया, चिरान, प्लाइ, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात हुँदै आएका छन् ।

महालेखापरीक्षकको प्रतिवेदनले पनि काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिएको उल्लेख गरेको छ । साथै महालेखाले ढलापडा, सुखड खड़ा रूखहरुको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने औँल्याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending