Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मदिरामा रम्दै अन्तरवार्ता दिने सांसदले गरे संसद भवनमा मदिरा बार खोल्न प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आजको संसद बैठकमा निर्माणाधीन संसद भवनमा मदिरा पिउनका लागि मदिरा बार खोल्न प्रस्ताव गरेका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनभित्र रक्सी पिउनका लागि बार खोल्नुपर्ने प्रस्ताव संसद भवनमा राख्दै बजगाईंले शुक्रबार सभामुखलाई ध्यान आकृष्ट गरेको बताएका छन्।

‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा सिनेटमा आतिथ्यता गर्न जाने पाहुनाका लागि बार बनाइँदो रहेछ । डेमोक्रेट, रिपब्लिकन्सले आफ्नो बारमा सोसियलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद् बजगाईंले शुक्रबारको संसद बैठकमा भने, ‘सम्माननीय सभामुख महोदय, बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने हो कि रु यसमा ध्यानाकृष्ट गर्न चाहन्छु । यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ।’

यस अघि रक्सीको मातमै टेलिभिजन अन्तर्वार्ता दिएर विवादमा तानिएका गोरखा १ बाट निर्वाचित सांसद बजगाईं अनेकौ उपद्रोपूर्ण अभिव्यक्ति दिएर विवादमा आइरहन्छन्।

पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रममा रक्सीको तालमै अन्तरवार्ता दिन पु्गेका उनले उल्टो क्याप लगाएर अन्तरवार्ता दिएका थिए। उनले रक्सी पिएको थाहा पाएपछि पत्रकार धमलाले कार्यक्रम नै छोट्याएर चाँडो सकाएको बताएका थिए।

उक्त घटना बाहिरिएर चौतर्फी आलोचना पछि सांसद बजगाईंले विदेशमा रक्सी पिएर अन्तरवार्ता दिने चलन रहेको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए। विदेशमा यस्तो अभ्यास रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरेका थिए।

सदनमा समेत बारम्बार विवादित अभिव्यक्ति सांसद बजगाईंले दिँदै आएका छन् । उनले केही दिन अघि विश्वकीीर्तमानी नेपाली आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उनको सो अभिव्यक्ति चौतर्फी आलोचित भएको थियो । अहिले फेरि सिंहदरबारमा निर्माणाधीन संसद भवनमा मदिरा पिउन बार खोल्नुपर्ने प्रस्ताव गरेर अर्को विवाददित अभिव्यक्ति प्रकट गरेका छन् ।

सांसदको पदीय मर्यादा विपरित रक्सीलाई प्रोत्साहित गर्ने उनको अभिव्यक्तलाई लिएर पदीय मर्यादा कायम गर्न नसकेको भन्दै उनकै दलका नेताहरुले समेत आलोचना गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending