Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर थाहा पाउनु राम्राे हैनः लेखक

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए ।  

उनले भने, “प्रधानमन्त्री यही जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो । पाँच दिन वितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन । उहाँको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।”

भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल यही जेठ २७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए । उनी जेठ २८ गते भारत भ्रमणबाट फर्किएका हुन्  ।  

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुकबाहिर जानुभएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति  र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताए ।

उनले भने, “हामी संसदीय सार्वभौमिकताको कुरा गर्छौँ । संसदीय स्वतन्त्रताको कुरा गर्छौ । प्रधानमन्त्री सदनमा देखिनुभएको छैन । के कति कारणले उहाँ यहाँ नआउनुभएको हो रु संसदीय परम्परा तोडिएको छ । मिचिएको छ । सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो ।”

राष्ट्रप्रमुख र प्रधानमन्त्री मात्र होइन, सदन चलिरहेको अवस्थामा मन्त्रीहरुलेसमेत सदनलाई जानकारी गराएर विदेश भ्रमणमा जाने कतिपय देशमा अभ्यास रहेको प्रमुख सचेतक लेखकको भनाइ छ । सभामुखले विशेष ढङ्गले रुलिङ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । संसदको अर्को बैठक प्रारम्भ हुने वित्तिकै प्रधानमन्त्री दाहालको भारत भ्रमण र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे जानकारी गराउन प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसमक्ष माग गरे  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending