काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्र राष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए ।
उनले भने, “प्रधानमन्त्री यही जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो । पाँच दिन वितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन । उहाँको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाई सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।”
भारतमा हालै लोकसभा निर्वाचन सम्पन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिनुभएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल यही जेठ २७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए । उनी जेठ २८ गते भारत भ्रमणबाट फर्किएका हुन् ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुकबाहिर जानुभएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देशबाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताए ।
उनले भने, “हामी संसदीय सार्वभौमिकताको कुरा गर्छौँ । संसदीय स्वतन्त्रताको कुरा गर्छौ । प्रधानमन्त्री सदनमा देखिनुभएको छैन । के कति कारणले उहाँ यहाँ नआउनुभएको हो रु संसदीय परम्परा तोडिएको छ । मिचिएको छ । सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो ।”
राष्ट्रप्रमुख र प्रधानमन्त्री मात्र होइन, सदन चलिरहेको अवस्थामा मन्त्रीहरुलेसमेत सदनलाई जानकारी गराएर विदेश भ्रमणमा जाने कतिपय देशमा अभ्यास रहेको प्रमुख सचेतक लेखकको भनाइ छ । सभामुखले विशेष ढङ्गले रुलिङ गर्न जरुरी रहेको उहाँले बताउनुभयो । संसदको अर्को बैठक प्रारम्भ हुने वित्तिकै प्रधानमन्त्री दाहालको भारत भ्रमण र राष्ट्रपति पौडेलको विदेश भ्रमणबारे जानकारी गराउन प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसमक्ष माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: