चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् । चितवनमा पत्रकारसँगकाे भेटघाटमा कुराकानी गर्दै सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकोले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताए ।
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताए ।
मन्त्री यादवले भने, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना नाउने छौँ ।” उनले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताए ।
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिए । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको मन्त्री यादवले बताए ।
मन्त्री यादवले भने, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: