Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

'उमेरले पढ्न रोक्दैन' कक्षा ३ मा पढ्दै दाेलखाका ३३ आमा

खबरडबली संवाददाता

दोलखा  । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जान थालेका छन् । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उनीहरूको मुहारमा छुट्टै आशा झल्किएको देखिन्छ। 

उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ । ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गरेका हुन्  । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उनीहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उनीहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्छन् । 

आमाहरूलाई छुट्टै कक्षाकोठा

ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उनीहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।

विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भने, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।” उनले पढ्ने इच्छा देखाएपछि विद्यालयमा भर्ना हुन आह्वान गरेको बताए । उनका अनुसार विद्यार्थीसँगै राख्दा नमिल्दो देखिने भएकाले  छुट्टै कक्षाको व्यवस्था गरिएको हो ।

प्रधानाध्यापक सुनुवारले आमाहरू विद्यालय आउनुअघिको एक घटना स्मरण गरे । उनले भने, “केही समयअघि आमा समूहको बैठकमा बस्यो । सचिव नआएपछि बैठकको माइन्युट लेख्ने मान्छे भएन । लामै समय कुर्दा पनि बैठक बस्न सकेन । समूहमा आबद्ध कोही पनि पढेलेखेको नभएपछि समस्या भयो भन्ने बुझेर उहाँहरूले पढ्न सुरु गर्नुभयो ।”

उनले यही समस्या बुझेर आमाहरूलाई पढ्नका लागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भएपछि निःशुल्क पढ्ने र नेपाली वर्णमाला किताबको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अब खेती, व्यापारका काम गर्न युट्युब हेरेर सकिन्छ भनेर समेत सिकाइदिएकाे बताए । मोबाइल चलाउन, युट्युब हेर्न पनि पढाइ चाहिने हुँदा उनीहरूमा यो कुराले छोएकाे प्रअ सुनुवारकाे भनाइ छ । 

शिक्षक दरबन्दी कम भएकाले लेखामा काम गर्ने, शिक्षक र सहजकर्ताले आमाहरूलाई पढाउने गरेकेा सुनुवारले बताए  । कक्षा ३ मा पढ्ने अरू विद्यार्थीभन्दा अनुशासित र ध्यान दिएर पढ्ने गरेका प्हुरह सुनुवारले बताए । विद्यालयले आमाहरूलाई पढाउने शैलीमा दुई वटा विधि अपनाएको छ ।  प्रधानाध्यापक सुनुवारका अनुसार उनीहरूलाई सङ्गीतको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाइएकाे छ । 

सल्लेफेदी कृषक महिला समूहकी अध्यक्ष बिन्दा श्रेष्ठले बैठकको निर्णय लेख्न नसक्दा र माइन्युट गर्दा अरूको ‘मुख ताक्नु’ परेको तितो यथार्थले पढ्न सुरु गरेको बताइन् । उनले भनिन्, “एउटा छोराले एसइई दिइसक्यो । अर्को कक्षा ८ मा पढ्छ । म कक्षा ३ बाट पढाइ सुरु गर्दै छु । एसइई गरेरै छाड्ने आँट पो पलाएको छ त ।”

भुसुने, सल्लेफेदी, सल्लेका तामाङ, क्षेत्री र श्रेष्ठ समुदायका आमा एउटै पोसाकमा विद्यालय जान्छन् । ठुलोपातालमा विशेष गरी आलु खेती हुने भएकाले विद्यालयले असारमा १५ दिन आलु खन्न र पुसमा रोप्न एक महिना बिदा दिने भएको छ । उनीहरूले पढ्न अग्रसर भए कक्षा वृद्धि गर्दै लैजाने विद्यालयको तयारी  रहेकाे छ ।

एसइईसम्म पढ्ने सोचमा रहेकी ठुलोपातलकी ५२ वर्षीय लीलामाया तामाङले सामान्य कारोबार, कृषक समूह तथा आमा समूहको बैठक बस्न र निर्णय लेख्न नसक्ने भएपछि पढ्ने जाँगर आएको बताइन् । उनले भनिन्, “बैठकको निर्णय लेख्न नजान्दा लज्जित हुनुपरेको थियो । त्यही कारण पढाइ सुरु गरेँ ।” 

छोरीलाई पढाउनु हुँदैन भन्ने सोचको उपज ग्रामीण महिला पढ्नबाट वञ्चित छन् । समूहकी सचिव सुमिना तामाङले आफैँले विद्यालय पठाएर शिक्षित बनाएका छोराछोरीले पढ्न प्रोत्साहन गर्ने गरेको बताइन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending