Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

'उमेरले पढ्न रोक्दैन' कक्षा ३ मा पढ्दै दाेलखाका ३३ आमा

खबरडबली संवाददाता

दोलखा  । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जान थालेका छन् । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उनीहरूको मुहारमा छुट्टै आशा झल्किएको देखिन्छ। 

उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ । ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गरेका हुन्  । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उनीहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उनीहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्छन् । 

आमाहरूलाई छुट्टै कक्षाकोठा

ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उनीहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।

विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भने, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।” उनले पढ्ने इच्छा देखाएपछि विद्यालयमा भर्ना हुन आह्वान गरेको बताए । उनका अनुसार विद्यार्थीसँगै राख्दा नमिल्दो देखिने भएकाले  छुट्टै कक्षाको व्यवस्था गरिएको हो ।

प्रधानाध्यापक सुनुवारले आमाहरू विद्यालय आउनुअघिको एक घटना स्मरण गरे । उनले भने, “केही समयअघि आमा समूहको बैठकमा बस्यो । सचिव नआएपछि बैठकको माइन्युट लेख्ने मान्छे भएन । लामै समय कुर्दा पनि बैठक बस्न सकेन । समूहमा आबद्ध कोही पनि पढेलेखेको नभएपछि समस्या भयो भन्ने बुझेर उहाँहरूले पढ्न सुरु गर्नुभयो ।”

उनले यही समस्या बुझेर आमाहरूलाई पढ्नका लागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भएपछि निःशुल्क पढ्ने र नेपाली वर्णमाला किताबको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अब खेती, व्यापारका काम गर्न युट्युब हेरेर सकिन्छ भनेर समेत सिकाइदिएकाे बताए । मोबाइल चलाउन, युट्युब हेर्न पनि पढाइ चाहिने हुँदा उनीहरूमा यो कुराले छोएकाे प्रअ सुनुवारकाे भनाइ छ । 

शिक्षक दरबन्दी कम भएकाले लेखामा काम गर्ने, शिक्षक र सहजकर्ताले आमाहरूलाई पढाउने गरेकेा सुनुवारले बताए  । कक्षा ३ मा पढ्ने अरू विद्यार्थीभन्दा अनुशासित र ध्यान दिएर पढ्ने गरेका प्हुरह सुनुवारले बताए । विद्यालयले आमाहरूलाई पढाउने शैलीमा दुई वटा विधि अपनाएको छ ।  प्रधानाध्यापक सुनुवारका अनुसार उनीहरूलाई सङ्गीतको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाइएकाे छ । 

सल्लेफेदी कृषक महिला समूहकी अध्यक्ष बिन्दा श्रेष्ठले बैठकको निर्णय लेख्न नसक्दा र माइन्युट गर्दा अरूको ‘मुख ताक्नु’ परेको तितो यथार्थले पढ्न सुरु गरेको बताइन् । उनले भनिन्, “एउटा छोराले एसइई दिइसक्यो । अर्को कक्षा ८ मा पढ्छ । म कक्षा ३ बाट पढाइ सुरु गर्दै छु । एसइई गरेरै छाड्ने आँट पो पलाएको छ त ।”

भुसुने, सल्लेफेदी, सल्लेका तामाङ, क्षेत्री र श्रेष्ठ समुदायका आमा एउटै पोसाकमा विद्यालय जान्छन् । ठुलोपातालमा विशेष गरी आलु खेती हुने भएकाले विद्यालयले असारमा १५ दिन आलु खन्न र पुसमा रोप्न एक महिना बिदा दिने भएको छ । उनीहरूले पढ्न अग्रसर भए कक्षा वृद्धि गर्दै लैजाने विद्यालयको तयारी  रहेकाे छ ।

एसइईसम्म पढ्ने सोचमा रहेकी ठुलोपातलकी ५२ वर्षीय लीलामाया तामाङले सामान्य कारोबार, कृषक समूह तथा आमा समूहको बैठक बस्न र निर्णय लेख्न नसक्ने भएपछि पढ्ने जाँगर आएको बताइन् । उनले भनिन्, “बैठकको निर्णय लेख्न नजान्दा लज्जित हुनुपरेको थियो । त्यही कारण पढाइ सुरु गरेँ ।” 

छोरीलाई पढाउनु हुँदैन भन्ने सोचको उपज ग्रामीण महिला पढ्नबाट वञ्चित छन् । समूहकी सचिव सुमिना तामाङले आफैँले विद्यालय पठाएर शिक्षित बनाएका छोराछोरीले पढ्न प्रोत्साहन गर्ने गरेको बताइन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending