काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।
यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे।
पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको जारी पुँजी रु तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो । साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । प्रतिकित्ता रु एक सय अङ्कित दरले उक्त शेयरको मूल्य रु ६६ करोड छ ।
निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । आयोजनाको आठ दशमलव ३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उनले बताए उनले बताए ।
पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताए । आयोजनामा सानीमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष रु एक अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा रु एक अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: