Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

देशभर अघोषित लोडसेडिङ !

छिनछिनमै बत्ती जाँदा तराइकाे जनजीवन झन कष्टकर बन्दै

खबरडबली संवाददाता

काठमाडौं । गत शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले गर्मीका कारण अस्तव्यस्त बनेको जनजीवनमा अघोषित लोडसेडिङले थप पीडा दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा बोल्नेमध्ये राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेसनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका थिए ।

अत्यधिक गर्मीका कारण नेपालगञ्जमा ४३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । पश्चिमदेखि पूर्वी तराई र मधेश क्षेत्रमा पनि तातो हावा लू का कारण जनजीवन अत्यधिक कष्टकर बनेको छ ।  दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र लू चल्ने गरेको छ । अहिले गर्मीबाट बच्ने एक मात्र उपाय भनेको पंखा, कूलर या एसी हो ।

नेपाल विद्युत प्राधिकरणको कमजोर व्यवस्थापनका कारण भएको अघोषित लोडसेडिङले सामान्य जनता गर्मीका कारण पीडादायी अवस्था गुजार्न बाध्य छन् ।  यसैगरि सोही बैठकमा नेकपा एमालेकी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेकी थिइन् । एमालेकै सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताइन् ।

अघोषित लोडसेडिङले जीवन कष्टकर

गर्मीकै कारण पछिल्लो एक सातामा कैलालीको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगरको मृत्यु भएको छ भने रौतहटमा अर्का एक बटुवाले ज्यान गुमाएका छन् । गत जेठको दोस्रो साता झापाको मेचीनगरमा ७४ वर्षका नरबहादुर श्रेष्ठले गर्मीकै कारण ज्यान गुमाए । सोही दिन बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला पर्‍यो । उनको पनि गर्मीकै कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।

अत्यधिक गर्मीले  एक मिनेट बत्ती जाँदा पनि मान्छेलाई गाह्रो भइरहेको यस्तो समयमा विभिन्न बहानामा विद्युत् लोडसेडिङ भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारीले बताए ।  उनले उपभोक्ताले महसुल तिरेपछि विद्युत पाउनु अधिकार भएको बताए । 

पछिल्लाे समय काेशी प्रदेश राजधानी  विराटनगरमा उखरमाउलो गर्मीमा बत्ती झ्याप्पझ्याप्प जाँदा व्यापार व्यवसाय ठप्प छ भने सर्वसाधारण पनि गर्मीले आक्रान्त छन् । अघोषित लोडसेडिङका कारण आफ्नो रोजीरोटीनै गुम्ने खतरा बढेको विराटनगरमा स्ट्याम्प छापको पसल गर्ने बुद्धि सुवेदीले बताए  । विद्युत सेवा अनियमित हुँदा न घर बस्न सकिने, न बाहिर जान सकिने परिस्थिति आएको अर्का स्थानीय प्रकाश अधिकारीले बताए ।

विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङले हैरान बनाएको छ । दिनमा ६/७ पटक बिजुली ट्रीप हुँदा उद्योगको क्षमता ३० प्रतिशतमा झरेको विराटनगरका उद्योगी राकेश सुनारले बताए ।  विराटनगरमा अहिले  दैनिक १० घण्टासम्म विद्युत जाने गरेको उद्योगीहरुको भनाइ छ । 

यसैगरी बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा पनि अहिले १२ घण्टाभन्दा बढी लाइन जाने गरेको छ । कोरिडोरमा मात्र होइन, सर्वसाधारणको घरबाट पनि विद्युत गायब हुँदा गर्मी झन् कष्टकर बनेको छ । त्यस क्षेत्रमा रहेको औद्योगिक कोरिडोरमा त अघोषित लोडसेडिङ हुने समस्या पुरानै हो ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा कोरिडोरका ठूला उद्योगले १२ घण्टासम्म निरन्तर लोडसेडिङ खेप्दै आएको बताए ।  उनले बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म लाइन कटौती हुने गरेको बताए ।

भैरहवा-लुम्बिनी कोरिडोरमा अघोषित लोडसेडिङको समस्या झनै धेरै रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए । प्राधिकरणले नियतवश नै बुटवल-भैरहवा क्षेत्रमा लाइन काटिरहेको उनको दाबी छ । 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले पश्चिमको टनकपुर सप्लाइ र पूर्वको ढल्केबरमा समस्या आएको, निजी क्षेत्रले भने जति विद्युत नदिएको र पूर्वाधारको पर्याप्त विकास नभएको कारण देखाए ।

पश्चिममा अलिअलि समस्या देखिएकोले टनकपुरबाट लिएको सप्लाइमा समस्या आउने गरेको उनकाे भनाइ छ । हावाहुरीका कारणा पनि समस्या हसने गरेकाेले चुनौतीका कारण विद्युत आपूर्ति बन्द भएको बताए ।

ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि विराटनगरलगायत पूर्वी क्षेत्रमा समस्या समाधान हुने उनले बताए । फागुनमा सम्पन्न हुनुपर्ने आयोजना जेठको अन्त्यसम्म पनि सञ्चालनमा नआएको  र कसले अवरोध गरिरहेको छ याे विषय सबैले खाेज्नु पर्ने उनकाे भनाइ छ  ।

 

निजी क्षेत्रका जलविद्युत आयोजनाले उत्पादन गर्छु भनेर प्रतिबद्धता जनाएको विद्युत उत्पादन नगर्दा पनि समस्या आएको उनको जिकिर छ । निजी क्षेत्रबाट यति विद्युत दिन्छौं  भन्ने तर कति दिन्छ यो उनीहरूलाइ नै सोध्नुपर्ने उनले बताए  ।नयाँ पूर्वाधार नबनेसम्म यो सबै समस्याको समाधान हुन नसक्ने उनकाे भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending