काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जाने भएको छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ त्यसतर्फ जान लागेको हो ।
राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षिय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ ।
भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। उनले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेको हो । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्र सङ्घले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगत्मा स्थापित गरेको रुपमा बुभm्नुपर्ने बताए ।
उनले भने, “लामो समयपछि हाम्रो राष्ट्र प्रमुखको युरोपका महत्वपूर्ण मुलुकका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय भेटवार्ता हुँदैछ, यसले हाम्रो मुख्य सहयोगी साझेदार मुुलुकहरु जर्मनी र स्विट्जरल्यान्डको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।”
जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने प्रेस सल्लाहकार पोखरेल बताउछन् । नेपालको संविधान र व्यवस्थाले आइएलओले सामाजिक न्यायका पक्षमा उठाउँदै आएका विषयलाई हाम्रो व्यवस्थाले आत्मसात् गरेको भनेर नै राष्ट्रपति पौडेललाई आफ्ना अनुभव आदानप्रदान गर्न मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको हो । सामाजिक न्याय र स्वतन्त्रताका लागि राष्ट्रपति पौडेलले लामो समय अनवरत रुपमा गर्नुभएको त्याग, सङ्घर्ष र समर्पणलाई आइएलओले कदर गरेर मुख्य वक्ताका रुपमा आमन्त्रण गरेको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनु हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १४:२३
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ । सन् २०२५...
चैत्र १८ गते, २०८२ - १३:४८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आजै निर्णय लिने तयारी गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि...
चैत्र १८ गते, २०८२ - १३:३७
काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बैठक संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी रहेको छ। ...
चैत्र १८ गते, २०८२ - १३:१२
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। सुहाङ नेम्वाङले आज च्यासलमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा नेतामा आ...
चैत्र १८ गते, २०८२ - १२:४३
काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासल...
चैत्र १८ गते, २०८२ - १२:१९
पश्चिम नवलपरासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा देखिएको अवरोध र ढिलासुस्ती अन्त्य गर्न पश्चिम नवलपरासीक...
चैत्र १८ गते, २०८२ - १२:०५
सुनसरी। जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्...
चैत्र १८ गते, २०८२ - ११:५९
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने सरकारको सं...
चैत्र १८ गते, २०८२ - ११:५५
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ। नेपालगन्ज भन्सार कार...
चैत्र १८ गते, २०८२ - ११:४४
धनकुटा। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका ...


प्रतिकृया लेख्नुहोस्: