बारा । बारामा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा बा १० च ३६१९ नम्बरको कारबाट प्रहरीले ८० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कारका चालक चितवनको राप्ती नगरपालिका–१० रिकाटारका २५ वर्षीय मानबहादुर वाइबा र कारमा सवार मकवानपुरको राक्सीराङ गाँउपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ रहेका छन्।
मकवानपुरको मनहरीबाट बाराको पथलैयातर्फ आउँदै गरेको उक्त कार अमलेखगञ्जमा प्रहरीले चेकजाँच गर्दा कारको पछाडि पट्रटी रहेको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा ८० केजी गाँजा बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
यस्तै बाराको सिम्रैनगढ नगरपालिका–१ हनुमान चोकबाट पनि प्रहरीले १० केजी गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ। सिम्रौनगढको नयका टोलबाट भाारततर्फ जाँदै गरेको बीरआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा त्यसका चालक गाँजासहितको मोटरसाइकल छाडेर फरार भएको र उक्त मोटरसाइकलमा लोड रहेको १० केजी गाँजा बरामद गरिएको न्यौपानेले बताए।
यस्तै आइतबार बाराकै पथलैयाबाट प्रहरीले गाँजा लोड रहेको अर्को एउटा मोटरसाइकलपनि बरामद गरेको छ। प्रहरीले ३२ केजी गाँजा लोड रहेको प्र.०३–००२प ५८५४ नम्बरको बरामद गरेको हो। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको उक्त मोटरसाइकल रोक्न खोज्दा त्यसका चालक पनि गाँजासहितको मोटरसाइकल छाडेर फरार भएका थिए।
उक्त मोटरसाइकलको सिटमा बाँधेर राखेको झोला चेकजाँच गर्दा ३२ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १७:४२
महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...
जेष्ठ २४ गते, २०८३ - १७:२३
बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...
जेष्ठ २४ गते, २०८३ - १६:५९
पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...
जेष्ठ २४ गते, २०८३ - १६:५१
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...
जेष्ठ २४ गते, २०८३ - १६:४४
तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...
जेष्ठ २४ गते, २०८३ - १६:३४
काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...
जेष्ठ २४ गते, २०८३ - १५:४३
सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...
जेष्ठ २४ गते, २०८३ - १५:३२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...
जेष्ठ २४ गते, २०८३ - १५:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...
जेष्ठ २४ गते, २०८३ - १५:०३
काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...



प्रतिकृया लेख्नुहोस्: