देवघाट । देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको ९९ औं बार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) को ४९ औं स्मृति दिवसको अवसरमा शनिबार आश्रम परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरियो ।
आश्रमका पिठाधिश अनन्तश्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले देवघाटको महिमाको चर्चा गर्दै गुरुकुल र आश्रमहरुको थलोको रुपमा रहेको देवघाटलाई राज्यले उपेक्षा गरेको बताए । देवघाटको ठुलो महिमा भएको हुँदा यसलाई राज्यले चिन्नुपर्ने सन्तहरुको भनाई थियो ।
गलेश्वर आश्रमका पिठाधिश पिठाधिशअनन्तश्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले देवघाटमा आउने भक्तजनहरुले मन्दिरको अभावमहशुस गरेपछि दान र चन्दा उठाएर आश्रम परिसरमा सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरिएको बताए । उक्तमन्दिर पशुपतीनाथको मन्दिर भन्दा ठुलो भएको भन्दै मन्दिर बनाउन राज्यको एक रुपैयाँ पनि लगानी नभएको बताए ।
सो कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनादर्न गौतम र चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देवघाटका मठ मन्दिर आश्रमलाई स्थानीयप्रशासनको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता जनाएकाथिए । सो अवसर बृहतधार्मिक अनुष्ठान, स्मृति सभा तथा विशाल भन्डारा तथा लियो क्लव देवघाटको संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराजश्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि.सं.१९८२ सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि.सं.२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।
गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखीवि.सं. २०२३ सालपौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकतादिवस) का दिन गलेश्वर आश्रम परिसरमाश्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षा पद्धति अनुसार संस्कृत पाठशालाको पनि स्थापना गरेका थिए । उक्त कार्यक्रम वेदवेदाङ्ग संस्कृत विद्यापीठका सहायक प्राचार्य जगदीश प्याकुरेलले सन्चालन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: