भक्तपुर । असाध्यै कडा सुरक्षा व्यवस्था । त्यति हुँदाहुँंदै पनि मानिसको भीड । लाइनमा रहेर व्यग्र प्रतिक्षा । यो दृश्य हो, भक्तपुरको एउटा स्कुलमा भएको निर्वाचनको ।
भक्तपुरको एभरेस्ट स्कुलले निर्वाचन कार्यक्रम गरेको थियो । विद्यार्थीलाई आफ्ना नेता छान्न लगाउन निर्वाचन गरेको थियो । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थीले मतदान गरेर आफ्ना चार जना नेता छनोट गरेका हुन् ।
स्कुलले जनाएअनुसार स्कुलमा चारवटा सदन छन् । प्रत्येक सदनमा एकजना नेता निर्वाचनबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । चुनावमा कक्षा ६ देखि कक्षा १० सम्मका पाँंच सय ९५ जना विद्यार्थीले मतदान गरेका थिए ।
स्कुलका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यार्थीलाई आफ्ना नेता आफैं छान्नका लागि चुनाव गराएको जनाए । उनका अनुसार प्रत्येक सदनबाट एकएक जना गरी चार सदनका लागि चार जना नेता चयन गर्न चुनाव भएको हो । एकजना नेता चुन्नका लागि घटीमा चारदेखि सातजनासम्म उम्मेदबारी परेको थियो । लेखनाथमा ४, लक्ष्मीमा ५, मोतीमा ५ र भानुमा ७ गरी कुल २१ जना चुनावी मैदानमा होमिएका थिए । उनीहरुमध्ये एउटा सदनबाट एकएक जना विजयी हुनेछन् ।
स्कुलका शिक्षक जगन्नाथ खतिवडाले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए । त्यसअनुसार उम्मेदवार मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । त्यसअनुसार गोप्य मतदान गराइएको थियो । मतदान विहान ११ बजेबाट सुरु भएको थियो ।
निर्वाचनमा मतदान साँझ सकिएको थियो । मतदान सकिएपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको थियो । त्यसअनुसार विहीबार नै विजयीको नाम घोषणा गरिएको थियो । स्कुलले जनाएअनुसार निर्वाचित नेताहरूले स्कुलका हरेक अरिरिक्त क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन् । उनीहरूले पूरै स्कुलका छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन् । ६ कक्षाभन्दा मुनिका बालबालिकालाई बालिग (उमेर नपुगेका मतदाता) मानेर मतदान गराइएको थिएन ।
एभरेस्ट स्कुल जिल्लाकै एउटा उत्कृट स्कुल हो । एसईईमा बोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलबाट एकपटक छात्रा बोर्ड फष्ट र अर्काेपटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: