पर्सा । झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज– रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन ।
व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो । तर, अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । केही समय अघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले भने सडक लथालिङ्ग अवस्थामा रहेको छ ।
व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडक योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले बजेट अभावको कारणले सडक विस्तारको काम हुन नसकेको बताए । “गत पुस २१ गते रु एक करोड ८० लाख लागतमा यो सडकखण्डको ठेक्का सम्झौता भएको थियो”, उनले भने, “अहिले बजेट अभावको कारणले यो सडकखण्ड अघि बढ्न सकेको छैन ।”
नेपालको सबैभन्दा आयात हुने नाकाको सडक लामो समयदेखि भत्किएर जीर्ण हुँदा पनि मर्मतसम्भारको काम अघि बढ्न सकिरहेको छैन । यो सडकखण्ड एक दशकदेखि अलपत्र हुँदै आइरहेको छ । मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारी चालकले हैरानी खेप्दै आइरहेका छन् ।
योजना कार्यालय र निर्माण कम्पनीबिच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०८१ सालको असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडकखण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ ।
योजना प्रमुख यादवले निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको बताए । यो सडककै कारण दिनहुँजसो एक दर्जनभन्दा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । यो सडकखण्डको चौडाइ १४ मिटरअर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: