Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सामाजिक सञ्जालमा नेता

\"netaa-660x330\"प्रधानमन्त्री भएपछि सम्पत्तिको नाममा तीन मोबाइल देखाएका सुशील कोइराला अहिले आइफोन फाइभ बोक्छन् । केही महिनापहिले उनको नाममा ट्विटर एकाउन्ट पनि खोलिएको छ । उनको ‘मिडिया टिम’ले त्यसलाई सञ्चालन गर्छ । तर, कहिलेकाहीँ उनी आफैँ पनि ट्विटबारे चासो दिन्छन् । केही समयअघि उनले मोबाइलमा ट्विटर चलाइरहेको तस्बिर चर्चित पनि भयो । उनीजस्तै अधिकांश शीर्ष नेता सामाजिक सञ्जालमा छन् । सामाजिक सञ्जालबाटै वैचारिक विमर्श गर्ने नेता पनि छन् । सामाजिक सञ्जालमा प्राय: युवा राजनीतिकर्मी सक्रिय छन् । नयाँ पत्रिकाका प्रवीण देवकोटाले तयार पारेको सामग्री : सञ्जालमा शीर्ष नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको सामाजिक सञ्जालमा उपस्थिति लामो समय भएको छैन । प्रधानमन्त्री भएको धेरैपछि मात्र उनको ‘ट्विटर एकाउन्ट’ खोलियो । त्यो ‘एकाउन्ट’ उनको ‘मिडिया टिम’ले सन्चालन गर्छ । एमाले अध्यक्ष केपी ओली ट्विटर र फेसबुक दुवैमा सक्रिय छन् । एमाओवादी अध्यक्ष प्रचण्डको फेसबुक एकाउन्ट मात्र छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ट्विटर र फेसबुक दुवैमा सक्रिय छन् । तर, यी शीर्ष नेताहरूले सामाजिक सञ्जालमा गर्ने ‘पोस्ट’ चर्चामा खासै आउँदैनन् । र, उनीहरूको आधिकारिक ‘एकाउन्ट’मा फलोअर्स पनि खासै धेरै छैनन् । प्रधानमन्त्री कोइरालालाई ट्विटर @pm_nepal मा ३० हजारभन्दा धेरैले ‘फलो’ गर्छन् । उनको ‘एकाउन्ट’बाट अन्य १० ‘एकाउन्ट’लाई ‘फलो’ गरिएको छ । राजनीतिक घटनाक्रम र ‘अफिसियल’ गतिविधिबारे प्रधानमन्त्री ट्विट गर्छन् । केही दिनअघि एउटा फेक ट्विटर ‘एकाउन्ट’ले भने कोइरालालाई तनाव दियो । कोइरालाकै नाम राखेर बनाइएको त्यो ‘एकाउन्ट’मा उनले पदबाट राजीनामा दिन लागेको खबर पोस्ट भयो । प्रेस सल्लाहकारले गलत ट्विट भन्दै सूचना जारी नगर्दासम्म अन्योलको वातावरण बन्यो । केही समयअघि कोइरालाको ‘ट्विटर एकाउन्ट ह्याक’ पनि भएको थियो । कोइरालाको फेसबुक र निजी वेबसाइट भने छैन । एमाले अध्यक्ष केपी ओलीले पनि सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् । ओलीको ट्विटर @kpsharmaoli मा २१ हजारभन्दा बढी ‘फलोअर्स’ छन् । उनी फेसबुक एकाउन्ट र पेज दुवै चलाउँछन् । फेसबुक पेज KP-sharma-oli मा ६ हजार मात्र लाइक छ । ओलीको व्यक्तिगत वेबसाइट www.kpsharmaoli.com छ । पार्टीका गतिविधि, राष्ट्रिय राजनीति र दैनिक रुटिनबारे उनी वेला–वेला ट्विटर र फेसबुकमा अपडेट गर्छन् । त्यस्तै, एमाओवादी अध्यक्ष प्रचण्डको फेसबुक मा prachanda.nepal पेज छ । पेजमा १६ हजारभन्दा बढी लाइक पुगेको छ । प्रचण्डको फेसबुक पेजमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार सेयर गरिएको छ । उनको पेज छोरा प्रकाशले चलाउँछन् । प्रचण्डले ट्विटरमा एकाउन्ट खोलेका छैनन् । उनको वेबसाइट www.prachanda.com चाहिँ छ । तर, ०७१ माघ ११ गतेदेखि अपडेट छैन । पछिल्ला दिन ट्विटर @madhabnepal2072 मा बाक्लै उपस्थित देखिन्छन् एमाले नेता माधवकुमार नेपाल । झन्डै साढे तीन हजार फलोअर्स रहेका नेपाल राजनीतिक घटनाक्रमअनुसार आफ्ना विचार ट्विट गरिरहेका हुन्छन् । तर, उनको ट्विट पनि अन्य शीर्ष नेताको जस्तै सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय राजनीतिमा खासै बिकेको पाइँदैन । नेपालको वेबसाइट www.madhabnepal.com पनि अपडेट छैन । एमाले पूर्वअध्यक्ष झलनाथ खनाल फेसबुक त चलाउँछन्, तर उनको नाममा एउटै अपडेट देखिँदैन । उनको एकाउन्टमा २,०७४ साथी छन् । उनको ट्विटर र वेबसाइट भने छैन । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको फेसबुकमा RCpaudelnepal छ । ४६ हजार ६ सय ६६ भन्दा धेरै लाइक छ । उनको ट्विटर एकाउन्ट त छ, तर चलाउँदैनन् । उनको वेबसाइट पनि केही दिनदेखि खुल्न छाडेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेसबुक पेज narayan-kaji-shrestha-prakash र ट्विटर @nksthaprakash मा वेलावेला आफ्ना धारणा सार्वजनिक गर्छन् । श्रेष्ठको फेसबुक पेजमा सात हजारभन्दा बढीले लाइक गरेका छन् भने ट्विटरमा १२ हजारभन्दा बढी फलोअर्स छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि फेसबुक पेजको ‘युजर नेम’ nplyouth छ । पेजमा उनका राजनीतिक धारणा सेयर गरिएका छन् । तीन हजारभन्दा बढीको लाइक छ । जसको सञ्जालमा चर्चा छ सामाजिक सञ्जालमा एक नम्बर चर्चामा आउने नेता हुन्– एमाओवादी नेता डा. बाबुराम भट्टराई । भट्टराईपछि कांग्रेस युवा नेता गगन थापा, एमाले युवा नेताहरू रवीन्द्र अधिकारी, महेश बस्नेत र योगेश भट्टराईहरूको उपस्थिति बढी देखिन्छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थिति झनै आक्रामक लाग्छ । यी नेताका ट्विट र स्टाटसले राष्ट्रिय मिडियामा ‘स्पेस’ पनि पाउँछन् । बाबुराम भट्टराइको फेसबुक पेज drbaburambhattarai मा झन्डै १० लाखले लाइक गरेका छन् भने @brb_laaldhwoj  मा झन्डै साढे दुई लाख फलोअर्स छन् । यो संख्या सामाजिक सञ्जालमा जोडिने नेपाली नेताको भीडमा सबैभन्दा बढी हो । बाबुरामले राजनीतिका हरेक महत्त्वपूर्ण घटनाक्रमसँगै सामाजिक, सांस्कृतिक, खेलकुदलगायत विषयमा सामाजिक सञ्जालमा विचार सम्प्रेषण गरिरहेका हुन्छन् । उनका प्राय: पोस्ट बहसका विषय बन्छन् । क्षणभरमा हजारौँ लाइक र कमेन्ट ओइरिन्छन् । महत्त्वपूर्ण घटनाक्रमका वेला बाबुरामले पोस्ट गर्ने ट्विट र स्टाटस सबैजसो राष्ट्रिय मिडियामा समाचार बन्छन् । विभिन्न मिडियामा प्रकाशित लेख र समाचारलाई पनि बाबुरामले सेयर गर्छन् । उनको निजी वेबसाइट www.baburambhattarai.com पनि सञ्चालनमा छ । त्यसमा उनको विचार र समाचार अपडेट हुन्छ । बाबुरामको सचिवालयले द्यच्द्य क्भअचभतबचष्बत फेसबुक पेज पनि चलाएको छ, जहाँ बाबुरामका दैनिक गतिविधि अपडेट गरिन्छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी छाउने नेताको सूचीमा कांग्रेस नेता गगन थापाको नाम पनि अग्रस्थानमै पर्छ । उनी ट्विटर @thapagk मा अपडेट गर्छन् । एक लाख ८० हजारभन्दा बढी ट्विटर फलोअर्स भएका थापाको फेसबुक पेज @thapagk  मा एक लाख आठ हजारभन्दा बढीले लाइक गरेका छन् । थापा ट्विटर र फेसबुकमा आफ्ना विचार पोस्ट गर्ने तथा मन परेका समाचार, लेख र अन्तर्वार्ता सेयर गर्छन् । थापाले ट्विटर पेजमा सार्वजनिक गरेको वेबसाइट www.gaganthapa.com.np भने चल्दैन । रोचक पक्ष त के भने www.gaganthapa.com.np नामको डोमेनचाहिँ बिक्रीमा राखिएको छ । डोमेनको मूल्य एक लाख ९९ हजार नौ सय नौ रुपैयाँ तोकिएको छ । एमाले युवा नेता रवीन्द्र अधिकारी पनि सामाजिक सञ्जालमा अपडेट भइरहन्छन् । उनको फेसबुक पेज rabindra.Adhikari.UML मा एक लाख २५ हजारभन्दा बढीले लाइक गरेका छन् । उनको ट्विटर @rabindraADH मा १६ हजार बढी फलोअर्स छन् । फेसबुक र ट्विटरमा आफ्ना विचार प्रवाहित गर्ने रवीन्द्रका फलोअर्स पनि दु्रत गतिमा बढेका छन् । रवीन्द्रले पनि सामाजिक सञ्जाललाई वैचारिक राजनीतिको एउटा सक्रिय पाटोका रूपमा प्रयोग गरेका छन् । रवीन्द्र अधिकारीको वेबसाइट www.rabindraadhikari.com पनि सञ्चालनमा छ । वेबसाइटमा उनी आफू सहभागी कार्यक्रमका गतिविधि, लेख र विचार अपडेट गर्छन् । राप्रपा अध्यक्ष कमल थापा पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । उनको फेसबुक kamalthapaoffical पेजमा ६७ हजारभन्दा बढीले लाइक गरेका छन् भने @KTnepal मा ८४ हजारभन्दा बढी फलोअर्स छन् । थापाले राष्ट्रिय राजनीतिको प्रत्येक घटनाक्रम र आफ्नो धारणा फेसबुक र ट्विटर फलोअर्ससम्म पुर्‍याइरहेका हुन्छन् । उनका कतिपय पोस्ट राष्ट्रिय बहसका विषय बन्दै आएका छन् । एमाले युवा नेता योगेश भट्टराई पनि फेसबुक yogeshbhattarai,cpnuml ट्विटर @yogeshuml55 छ मा उत्तिकै सक्रिय देखिन्छन् । उनको फेसबुक पेजमा १३ हजारभन्दा बढीले लाइक गरेका छन् भने ट्विटरमा साढे सात हजारभन्दा बढी फलोअर्स छन् । भट्टराईको वेबसाइट www.yogeshbhattarai.com छ, तर लामो समयदेखि अपडेट छैन । युवा नेता बढी सक्रिय नेपाली राजनीतिका युवावर्ग प्राय: सामाजिक सञ्जालमा जोडिएका छन् । उनीहरूले सामाजिक सञ्जाललाई युवा पुस्ताबीच विचार पुर्‍याउने माध्यम बनाउँदै गरेको देखिन्छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको फेसबुक एचबपबकज:बलक्ष्लनज पेज सञ्चालनमा छ । १३ हजारभन्दा बढी लाइक छ । कांग्रेस नेता अमरेशकुमार सिंह फेसबुक बmचभकजकष्लनजण्ज्ञद्ध र ट्विटर २ब्mचभकजवलग मा आफ्ना विचार पोस्ट गर्छन् । पार्टीभित्रका आफ्ना असन्तुष्टि र मधेस मुद्दाबारे धारणा सार्वजनिक गर्ने सिंहका फलोअर्स भने निकै कम छन् । कांग्रेस नेता नरहरि आचार्य पनि फेसबुक लबचबजबचष्बअजबचथब पेज र ट्विटर २ल्बचबजबचष्ब् चलाउँछन् । आचार्यको लबचबजबचष्बअजबचथब।अयm वेबसाइट पनि सञ्चालनमा छ । केही लेखरचना र मिडियामा आएका सामग्री वेबसाइटमा छन् । नेतृ सुजाता कोइराला फेसबुक चलाउँछिन् । फेसबुक पेज क्गवबतब(प्यष्चबबिरद्दठटद्धद्धठद्धण्छडठछटठठ मा ३२ हजारभन्दा बढी लाइक छ । उनको ट्विटर एकाउन्ट लामो समयदेखि अपडेट भएको छैन । एमाले महासचिव ईश्वर पोखरेल फेसबुक रष्कजधबच।उयपजचभ।िढद्ध मा जोडिएका छन् । उनका करिब पाँच हजार फेसबुक साथी छन् । त्यस्तै, एमाले नेता शंकर पोखरेल फेसबुक कजबलपबच।उयपजचभ।िढद्धट र ट्विटर २कजबलपबचउयपजचभडि मार्फत आफ्ना धारणा पोस्ट गर्छन् । उनी फेसबुक–ट्विटरबाटै अन्य नेताका स्टाटस/धारणामाथि प्रतिक्रिया पनि जनाउँछन् । अर्का नेता प्रदीप ज्ञवाली पनि फेसबुक उचबमभभउ।नथबधबष्ज्ञि र ट्विटर २एचबमभभउनथबधबष्प् िचलाउँछन् । त्यस्तै, उद्योगमन्त्री समेत रहेका एमाले नेता महेश बस्नेत फेसबुकमा mबजभकज।दबकलभत।ठज्ञ बढी सक्रिय छन् । उनको फेसबुकमा एकाउन्ट छ । पाँच हजारभन्दा धेरै साथी छन्, १४ हजारभन्दा धेरै फलोअर्स छन् । उनले ट्विटर एकाउन्ट पनि खोलेका छन् तर ट्विटरमा सक्रिय छैनन् । एमाओवादी महासचिव कृष्णबहादुर महरा फेसबुक पचष्कजलब।mबजबचब।छ चलाउँछन् । उनका साढे चार हजारभन्दा बढी साथी छन् । एमाओवादी नेतृ हिसिला यमी ट्विटर २ज्ष्कष्बिएयकत चलाउँछिन् भने नेता दीनानाथ शर्मा फेसबुक रमष्लबलबतज।कजबचmब।छद्दद्द । शर्माको वेबसाइट थियो, तर अहिले बन्द छ । अर्का नेता खिमलाल देवकोटा ट्विटर २लभतमभखपयतब र फेसबुक दुवै चलाउँछन् । उनको ब्लग पजष्mबि।िदयिनकउयत।अयm समेत छ । अग्नि सापकोटा फेसबुक बनलष्।कबउपयतब।ढट चलाउँछन् । एमाओवादी नेता वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मालगायत सबैजसो युवा नेता फेसबुक चलाउँछन् । नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लव, सद्भावना पार्टीका राजेन्द्र महतो, राप्रपा नेता प्रकाशचन्द्र लोहनी, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत थुप्रै नेता सामाजिक सञ्जालमा प्राय: सक्रिय नै छन् । जसको सञ्जालमा उपस्थिति छैन नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई सामाजिक सञ्जालको कुनै चासो नै छैन । उनले अहिलेसम्म फेसबुक र ट्विटर चलाएका छैनन् । वैद्यको वेबसाइट पनि छैन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका विजय गच्छदार पनि सामाजिक सञ्जालमा जोडिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending